• २०७७ कार्तिक १३ गते बिहिवार

पर्सामा २ हजार नजिक पुगे कोरोना संक्रमित, थप १९ जनामा संक्रमण

पर्सामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार दिउसो पर्साका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रशासनका अनुसार ४ महिला र १५ पुरुषसहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमण पुष्टि हुनेमा वीरगञ्ज महानगरपालिका ४, ५, ९, १५, १६ र २२ का १/१ जना धोबिनी गाउँपालिका  ३ को १ जना र पर्सागढि नगरपालिका ४ का १२ जना रहेका छन्।

आजसम्म पर्सामा संक्रमित पुष्टि हुनेको संख्या १ हजार ९ सय ९८ पुगेको छ। जसमा १५ सय ५९ पुरुष र ४ सय ३९ महिला रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस