• २०७७ माघ ९ गते शुक्रवार

नाता सम्बन्ध सबै उस्तै मिलाउँदा रहेछ भगवानले पनि…

२०५१ सालमा एमाले शक्तिमा आएदेखि राजनीतिक नियुक्ती पाउन थालेका ईश्वर पोखरेलका सम्धी २०५१ सालमा खाद्य संस्थानको महाप्रवन्धक, त्यसपछि महेन्द्र मोरङ क्याम्पस प्रमुख, फेरि पनि पोखरेल वाणिज्य तथा आपुर्ति मन्त्री बनेपछि नेपाल आयल निगमको कार्यकारी अध्यक्ष, फेरि २०६२र६२ पछि कोइराला उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्ष।

त्यसबेला त्यसबेला गुणस्तरहीन उत्तर पुस्तिका खरिद गरेर भ्रष्टाचार गरेकोमा लेखा समितिले छानविन गरेपछि राजीनामा दिएर मुक्त भएका, फेरि मध्यपश्चिमाञ्चल विश्व विद्यालयको उपकुलपति हुँदा उनीविरुद्ध आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेर अन्तिम किनारा नलागेको, उनीविरुद्ध विद्यार्थीले आन्दोलन गर्दै २ महिनासम्म तालाबन्दी गरेको विगत भएका।

सम्धी सरकाले उनैलाई योग्य ठहर्याएर फेरि अर्को राम्रो ठाउँ राष्ट्रिय वाणिज्य बैंक अध्यक्षमा नियुक्ति दिएछ, सम्धी ईश्वर पोखरेलले। शाखा सन्तानै यस्तो पृष्ठभूमि भएका परिवारकासँग कस्ताले वैवाहिक नाता गास्छन् होला भन्ने लाग्थ्यो जस्ताको तस्तै आदर्श भएकाहरु हुँदा रहेछन् पो सरकारदेखि सबैतिर चोचोमोचो मिल्दो रहेछ।

– स्वतन्त्र राष्ट्रिय अभियान, नेपाल

प्रतिक्रिया दिनुहोस