• २०७७ कार्तिक ४ गते मङ्गलवार

दलितले राष्ट्र निर्माणमा गरेको योगदानको लेखोजोखो किन गरिएन ?

“दलित” शब्द वर्ण व्यवस्थाले परापुर्व कालदेखि दलितलाई दिएको वर्णिय संज्ञा हो – “शुद्र”। यो शब्दले सम्बोधन गरिने समुदायलाई कालान्तरमा आएर उसको हक अधिकारका लागि अवाज उठाउन सजिलो पार्न भारतमा विभिन्न नामले सम्बोधन गर्ने गरिन्थ्यो।

केही वर्ष यतादेखि उनीहरुले जातिय पहिचानका रुपमा भन्न रुचाए र नेपालमा पनि करिब करिब २०४० साल यताबाट मात्रै बढी प्रचलनमा आएको आयातित शब्द हो।

“दलित” – यस शब्दको अर्थ अछुत जाती भनेर समाजले अर्थ्याएको छ। यस भनाईप्रति सयद कसैको विमती रहेको छैन। भाषा व्याकरणको रुपमा विशेषणको रुपमा रहेको यो दलित शब्द यी उत्पिडित जातिका पहिचान हुने कि नहुने भन्ने अहिलेको प्रश्न हो? तर, यो दलित शब्दले यति व्यापक्ता पायो कि अहिले आएर दलितले यही शब्दबाट आफ्नो परिचय स्थापित गर्न चाहेको छ।

के दलितको पहिचान त्यही हो त – भन्ने प्रश्न पनि महत्वपूर्ण हुन गएको छ। यस बारेमा संक्षिप्त चर्चा गर्न पनि सान्दर्भिक हुना जान्छ। यहाँ बुझ्नै पर्ने विषय के हो, भने यस वर्गको मुक्तिका लागी उठेका सम्पुर्ण सवालहरु दलितको पहिचानका लागि आवस्यक पनि होईनन्।

सवाल सामाजिक मर्यादाको पुनस्थापना को हो? दलितलाई मर्यादित बनाउन र उसको उत्थान गर्न उसले भोग्दै आएको समस्याको पहिचान गरी समाधान खोज्नु हो। यो शब्द उपयुक्त हुना सक्द छ, की सक्दैन भन्ने पनि सोच्न जरुरी हुन्छ।

दलितको समस्या कै दुष्टिकोणले हेर्ने हो भने दलित शब्दबाट बनेको पहिचान नै पहिलो समस्या रुपमा देखा पर्दछ – किनकी यस शब्दले नै उसको सामाजिक मर्यादालाई स्पष्ट रुपमा सम्मानको अवस्था भन्दा ठिक विपरित अवस्थालाई इकिंत गर्दछ।

दलितको लडाई भनेको त जातिय समानताका लागि हो। जुन लडाई त्यो शब्दले जित्न सक्दैन। दलितको जातिय समानता र जातिय मुक्तीका लागि नयाँ ढगंको सोच र संस्कृतिक थालनी गरेर मात्र समाज रुपानतँर हुन सक्ने हो।

भनिन्छ– जसले जित्छ उसैको एतिहास लेखिन्छ। नेपालमा अहिलेसम्म विजेताका रुपमा खस, आर्य कथित उच्चजातिय राजा महाराजाहरुको एतिहास लेखिएको छ। दलितहरुको कुनै एतिहास छैन? किन भने दलितहरु दास, भरिया, हलिया, अछुत थिए र एतिहासमा दलितलाई विजेता बन्न दिइएन। दलितलाई अहिलेसम्म सबै तिरबाट पराजित तुल्याइएको छ।

दलित समुदाय श्रम, शिप र कलाको माध्यमबाट नेपाली समाजको अत्यावश्यकिय खाँचो पूर्ती र राष्ट्र निर्माणमा गरेको अमुल्य योगदानको लेखोजोखो गरिएको छैन।

पृथ्वीनारायण शाहको गोरखा राज्य विस्तार अभियानदेखि माओवादी जनयुद्धसम्म बूट, बन्धुक र वर्दी बनाउने दलित समुदाय नै थिए। तीनीहरुको योगदानको कतै चर्चा गरिएको छैन– किनभने एतिहास लेख्नेहरु विजेता नै थिए। उनीहरुले आफ्नै एतिहास लेखे। गैर दलितले दलितको एतिहास लेख्दै लेखेनन्।

नेपालमा दलित समुदायका लेखकहरुले आफ्नो समस्या पहिचान गरी समाधान उपाय खोज्ने र लेख्ने परम्परा को थालनी भएको धेरै भएको छैन। दलित मामिलामा राजनीतिक र सामाजिक सवाललाई लिएर केही पुस्तक लेखिएका छन्। दलितमाथीको जातिय अत्याचार र आधारमा अली बढी बहस गरिएका छनर। केही पुस्तकहरु पनि प्रकाशित छन्।

दलित आन्दोलन एजेण्डा सेटिङको काम भएको छ। तथापी दलित मामिलामा बिर्सिएका विषयहरुको पहाड निकै अग्लो छ। दलित सम्बन्धि कथा–व्यथा समेटर लेख्नुपर्ने साहित्यको महासागर रितै छ।

दलित मामिलामा लेख्ने लेखकहरुका लागि मैदान खाली छ। जताबाट जुन कोणबाट – जे विषय र जसरी लेखे पनि, त्यो विषय नयाँ र रुचिकार नै हुन्छ। दलित विषयमा पर्याप्त खोज भएको छैन। दलित मामिलामा बोलिएको छैन। लेखिएको छैन – त्यसैले यो मामिला सुनिएको पनि छैन!

लेखक कौशल – प्रवासी नेपाली संघ भारतका केन्द्रिय सदस्य हुन्।

प्रतिक्रिया दिनुहोस