• २०७७ कार्तिक ११ गते मङ्गलवार

नेपालमा कोरोनाको संक्रमण सुरुवात मात्र भएको WHO को भनाई

विश्व स्वास्थ्य संगठनका नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले नेपालमा कोरोना भाइरसको संक्रमण सुरुवात मात्र रहेको बताएका छन्।

आगामी महिनामा योभन्दा खराब परिस्थिति आउने तर आत्तिन नहुने उनले बताए।

कोरोना संक्रमण फैलिएको अन्य मुलुकमा कुल जनसङ्ख्याको एकदेखि दुई प्रतिशत मानिसलाई संक्रमण देखिए पनि नेपालमा ०.१ प्रतिशतलाई मात्र संक्रमण देखिएको उनले बताए।

अन्य देशमा जस्तो नेपालमा कुल जनसंख्याको एकदेखि दुई प्रतिशतलाई संक्रमण नदेखिने समेत उनले दाबी गरे ।

नेपालमा भेटिएका अधिकांश संक्रमितमा मन्द लक्षण देखिएको र यो घातक नहुने उनको कथन छ।

नेपाल भर्खर संघीयतामा गएको र यस्तो बेला केन्द्र सरकारले मात्र कोभिड नियन्त्रण गर्न नसक्ने उनले बताए।

महामारीका बेला निजी स्वास्थ्य संस्थाले आफू पृथक क्षेत्र हो भनेर सोच्न नहुने र सरकारले पनि उनीहरूको लागतमा सहमति खोज्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस