• २०७७ कार्तिक ४ गते मङ्गलवार

मन्त्री बर्षमान पुनले नचाहेपनि प्राधिकरणमा पुनः दोहोरिदै कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिने लगभग पक्कापक्की भएको छ। बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा घिसिङबारे सामान्य छलफल भएपनि आधिकारिक निर्णय गरिएको छैन।

स्रोतका अनुसार नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङको बिकल्प नखोजिने प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई जानकारी दिएका छन्। सामाजिक संजालमा घिसिङलाई नै विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन नागरिकस्तरमा व्यापक दवाब परेपछि सरकारलाई समेत नैतिक संकट परेको छ।

आफ्नो चार बर्षे कार्यकाल सकाउने अन्तिम तयारीमा रहेका घिसिङलाई नै अर्को चार बर्षका लागि पनि कार्यकारी निर्देशक बनाउन दवाव परेको हो।

घिसिङलाई कार्यकारी निर्देशक बनाउन देशव्यापी दवाव सिर्जना भएको छ। घिसिङलाई नै निरन्तरता दिने सन्दर्भमा उर्जा मन्त्री बर्षमान पुन लगायत अन्य केहिँ मन्त्रीहरु सकारात्मक नदेखिएपनि नागरिकस्तरबाट उनलाई पुनः नियुक्तीको दवाव परिरहेको छ।

प्रतिक्रिया दिनुहोस