• २०७७ कार्तिक ९ गते आइतवार

गायक कर्ट कोबेन- जो मृत्युपछि पनि सदाबहार चर्चामा छन्!

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरण अहिले पनि उतिकै चर्चामा छ। अभिनेता राजदुतको हत्या वा आत्महत्या अनुसन्धान जारी छ।

सुशान्तको मृत्यपछि ती मानिसहरुको याद आएको छ– जो करियरको उचाइमा पुगेपछि आफ्नो जीवनको अन्त्य गरे। मनोरन्जन जगतमा अमेरिकी गायक, गीतकार तथा अभिनेता कर्ट कोबेन पनि ती मध्ये एक हुन्। जसले २७ वर्षको कलिलो उमेरमा आफ्नो जीवन त्यागे।

कोबेनले सन् १९९४, ५ अप्रिलमा आफैलाई गोली हानी आत्महत्या गरेका थिए। उनीपछि पनि मृत्युपछि कयौं पटक विवाद र चर्चाको बिषय बनेका छन्। कोबेनको मृत्युअघि प्रस्तुत गरिएको प्रत्यक्ष कार्यक्रम अहिले पनि उतिकै लोकप्रिय मानिन्छ। कोबेनको निर्वाण ब्यान्ड अहिले पनि लोकप्रिय संगीत ब्यान्डहरूमा पर्दछ।

उत्कृष्ट संगीतकार कोबेन डिप्रेसनको शिकार थिए। आत्महत्या गर्नु अघि उनी युरोप यात्राबाट फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस