• २०७७ कार्तिक १४ गते शुक्रवार

‘झलकारी’ १८५७ की दलित क्रान्तिकारी

मातृभुमि भारतका लागि मर्न मार्न तयार झाँसी रानी लक्ष्मीबाईको नाम इतिहासमा नमेट्ने गरि हरेकको मुटुमा कोरिएको छ। यदी कसैले बिर्सन चाहेकोमा भारतमाताकी यस् वीरांगना छोरीलाई बिर्सन सकिदैन।

झाँसी रानी लक्ष्मीबाईको साथमा देशकै एक दलित युवती झलकारी बाई थिइन्। न सत्ता, न ताज , भारतको माटो ज्यान भन्दा प्यारो यस् वीरांगनाले सन् १८५७ को सैनिक क्रान्तिमा भाग लिनु भयो । देश आजाद गर्न रानी लक्ष्मीबाईको परछाँई बनेर अंग्रेज़संग लोहा लिने क्रान्तिकारी योद्धा हुन् -” झलकारी “।

झलकारी बाईको जन्म २२ नवम्बर १८३० मा उत्तरप्रदेश झाँसीको भोजला गाउँमा दलित कोली परिवारमा भएको थियो। उनको पिताको नाम सदोवर सिंह र आमाको नाम जमुना देवि थियो। आमाको मृत्यु झलकारीको बाल्यकालमा भएको उल्लेखित छ। पिता सदोवरले झलकारीलाई छोरा जस्तै पालनपोषण गरे। घुडसवारी, तिर चलाउन, तरवार चलाउन, तोप दाग्न जस्तो अनेकौं युद्ध कौशल सिकाएन। वीरांगना झलकारी बाईको औपचारिक अध्ययन केहिपनि थिएन किन्तु उनी कुनै भन्दा कमजोर थिइनन्। रानी लक्ष्मीबाई उनको साहस र युद्ध कौशलको धेरै प्रसंसक थिइन।

मेघवन्शिय समाजमा जन्मेकी झलकारी घरको कामको बाहेक पशु देख-रेख, जङ्गलबाट दाउरा ल्याउने गर्थिन। एकचोटि जङ्गलमा झलकारीको सामना एवटा बाघसंग भयो र झलकारीले आफ्नो हातको बन्चरोले बाघलाई मारीन। डकैतहरु र अंग्रेज़संग धेरै चोटि मुठभेडको चर्चा दिनहुँ रानी लक्ष्मी बाईले सुनेकी थिइन।

झलकारी आफू जत्तिकै बहादुर थिएन। उत्तिकै बहादुर सैनिक पुरनसंग विहे गरिन। पुरन झाँसी राज्यको बहादुर सैनिक थिए। झलकारीको अनुहार रानी लक्ष्मीबाई संग एकदमै मिल्दोजुल्दो थियो। साहसी र कुशल योद्धा भएकोले रानीले झलकारीलाई आफ्नो दुर्गा सेनामा सेनापती स्वरुप भर्ना गरिन। झलकारी छद्म युद्दमा निपुण छिन।

झलकारीले रानीलाई अंग्रेज़बाट सैकडों पटक चकमा दिएर बचाउन गरेकी हुन्। एउटै अनुहार हुनाको कारण पहेचान गर्नु गार्हो हुन्थ्यो कुन रानी हो कुन – झलकारी। सन् १८५७ सैनिक विद्रोहको समयमा जनरल ह्युरोजले आफ्नो विशाल अङ्ग्रेजी सेना समेत झाँसीमा आक्रमण गर्‍यो। रानी युद्धमा जिउँज्यानले लड्दै थिइन। रानी अंग्रेज़ सेनाको कब्जामा नआउन भनेर झलकारी आफै रानी जस्तो भेष-भुषा पारेर युद्धमा रानीलाई सुरक्षित किल्लाबाट बाहेर निकाल्नु युद्धमा हाम फालिएको इतिहासमा उल्लेखित छ । रानीलाई बचाउन झलकारी छद्म भेष बदलिएर अंग्रेज़ जनरल ह्युरोजको सैनिक छावनी पुगिन।

रानी लक्ष्मीबाई पक्राउ भईन भनेर जनरल ह्युरोज र अंग्रेज़ सैनिक प्रसन्न थिए। तर झलकारीले रानी उम्कनु अङ्ग्रेजी सेनालाई उल्झाउनु र फकाउनु प्रयास गरेकी हुन्। जनरल ह्युरोजलाई थाहा पाए पश्चात् झलकारीलाई भनेन- “तुम्हारे साथ क्या किया जाये।” झलकारी बाईले साहसपूर्ण उत्तर दिइन्- “जैसा एक शत्रु के साथ किया जाता है । मुझे फाँसी दो।” जनरल ह्युरोजले भनेन्- “यदी एक प्रतिशत महिलायें भी झलकारी जैसी हो जाये, तो ब्रिटिश सरकार को जल्द भारत छोडना होगा।”

युद्धमा प्रायः रानीलाई बचाउन छद्म भेष धारण गर्ने नीतिले अंग्रेज़ कहिले रानी लक्ष्मीबाई सम्म पुग्न सकेनन्। ४ अप्रैल १९५७ / १९५८ मा युद्ध मैदानमा वीरांगना झलकारी बाईले वीरगति पाइन्। इतिहासकारहरुले उनको मृत्यु मिति क्लियर पार्न सकेनन्। यसलाई विडम्बना सम्झौं दलित वीरांगना झलकारीको इतिहास लुकाउदै रानी लक्ष्मीबाईको इतिहास भन्छन्- “खुब लडी मर्दानी वो तो झाँसी कि रानी।”

असल बखान यो हुनुपर्ने थियो- “जाकर रण में ललकारी थी, वह तो झाँसी कि झलकारी थी।”

प्रतिक्रिया दिनुहोस