नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव नेपाल कार्यदलको प्रतिवेदन पढेपछि आफ्नो तर्फबाट कार्यदलमा राखिएका नेताहरु भीम रावल र सुरेन्द्र पाण्डेले आफ्नो इच्छा भन्दा बिपरित प्रतिवेदनमा सहमति जनाएर गम्भीर धोका दिएको निश्कर्ष सुनाएको चचाए यतिबेला राजनीतिक बृत्तमा सुरु भएको छ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध संयुक्त मोर्चा बनाएर जाने पूर्वसहमति तोडेर ओलीलाई नै झन बलियो बनाउने गरी कार्यदलमार्फत प्रतिवेदन लेखाएको भन्दै ‘गम्भीर धोकेवाज’ को उपमा दिएका छन्।
नेता नेपाल एमालेको नवौं महाधिवेशनमा ओलीसँग पराजित भएको बदला हाल अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पदबाट हटाएर लिन चाहान्थे।
नेता नेपालले अध्यक्ष प्रचण्डले आफूहरुलाई खाल्डो खन्न लगाएर आफूहरुलाई नै खसाली दिएर अघि बढेको कठोर निश्कर्षसमेत निकालेका छन।