• २०७७ कार्तिक १३ गते बिहिवार

कोरोनाका कारण कांग्रेस नेताको मृत्यु

कोरोना संक्रमणबाट एक कांग्रेस नेताको मृत्यु भएको छ। नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर २१ कार्यसमितिका सभापति ६७ वर्षीय गोविन्द रञ्जितको कोरोना संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको हो।

चार दिन अघिदेखि बलम्बुमा रहेको सशस्त्र प्रहरीको कोरोना डेडिकेटेड अस्पतालको भेन्टिलेरमा राखेर उपचाररत उनको उनको मगंलबार मृत्यु भएको अस्पतालका प्रवक्ता डा. प्रविण नेपालले बताए।

प्रतिक्रिया दिनुहोस