• २०७७ कार्तिक ९ गते आइतवार

जस्ले अंध्यारो हटाउने – उहि कुर्सिमा नअटाउने !

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिनै लाग्दा पुनः चर्चामा आएका छन्। उज्यालो नेपाल अभियानमा ब्यापक सफलता पाएका घिसिङ आगामी कार्यकालका निरन्तरता पाउँछन् या पाउँदैनन्– त्यो भने सरकारको हातमा रहेको छ।

घिसिङलाई देश लोडसेडिङबाट मुक्त बनाएको सबैभन्दा ठुलो जस जाने गरेको छ। देशभित्र वा बाहिर रहेका नेपालीहरुले घिसिङलाई पुनः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक निरन्तरता दिनुपर्ने अभियान नै थालेका छन्। यसबीचमा बिभिन्न मानिसहरुका महत्वपूर्ण बिचार तथा सुझाबले सामाजिक सञ्जाल कुलमानमय समेत बनेको छ।

यसै सन्दर्भमा हाँस्य कलाकार केदारप्रसाद घिमिरे “माग्ने बुढा”ले फेसबुकमा यस्तो लेखेका छन्- जस्ले अंध्यारो हटाउने ।
उहि कुर्सिमा नअटाउने ?
#Kulman

प्रतिक्रिया दिनुहोस