• २०७७ कार्तिक ११ गते मङ्गलवार

ईश्वर पोखरेलको कमाल: सम्धीलाई बाणिज्य बैंकको अध्यक्षमा नियुक्त

उपप्रधामन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरसका सबैभन्दा विवादित मन्त्री हुन्। उपप्रधामन्त्री पोखरेलले पछिल्लो पटक पुनः सत्तामा शक्ति प्रर्दशन गर्दा तिब्र आलोचित बनेका छन्।

उपप्रधामन्त्री पोखरेलको चाहानामा राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा प्रा.डा. उपेन्द्र कोइरालालाई नियुक्त गरिएको छ। कोइराला उपप्रधामन्त्री पोखरेलका सम्धी हुन्। अर्थमन्त्री डा युवराज खतिवडाले उनलाई नियुक्त गरेका थिए।

वाणिज्य बैंकका तत्कालीन् अध्यक्ष निर्मलहरि अधिकारी राजस्व बोर्डको सदस्य नियुक्त भएसँगै रिक्त स्थानमा कोइरालाई लगिएको छ। कोइराला सातौं पटक सरकारी नियुक्ति पाउने भाग्यमानी नेपाली हुन् ।

प्रतिक्रिया दिनुहोस