• २०७७ कार्तिक १३ गते बिहिवार

कोभिड-१९ को खोप निर्माणमा जुटे १ सय ७२ देश

विश्व स्वास्थ्य संगठनले विश्वभरका १ सय ७२ देशहरूको सहकार्यमा ‘कोभ्याक्स’ सुविधा अन्तर्गत कोभिड–१९को खोपलाई समान रूपमा पहुँचमा पुर्याउन कार्य थालेको छ।

सोमबार विश्व स्वास्थ्य संगठनले बताएअनुसार विश्वभरका १ सय ७२ देशहरूले सहकार्यमा यो कार्यको थालनी गरेका छन्। तर,यसका लागि थप आर्थिक सहयोग आवश्यक रहेको डब्ल्युएचओले जनाएको छ।

‘कोभ्याक्स’ योजनामा भाग लिन चाहने देशहरूलाई आगामी अगष्ट ३१ सम्म डब्ल्युएचओमा सम्पर्क गर्न संगठनका अधिकारीहरूले भनेका छन्। यसअन्तर्गत आर्थिक सहायताका लागि आगामी अक्टोबरको ९ सम्ममा सुरुवाती रकम बुझाउनु पर्ने बताइएको छ।

संगठनका महानिर्देशक टेड्रोस एड्नाम गेब्रियेससका अनुसार यो योजना कोभिड १९ को महामारीको अन्त्यको लागि आवश्यक रहेको छ।

प्रतिक्रिया दिनुहोस