• २०७७ कार्तिक ९ गते आइतवार

उज्यालो ल्याउनेलाई सम्मान गरौं, कुलमानको ऊर्जाले देशको ऊर्जा बढ्छ!

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिनै लाग्दा पुनः चर्चामा आएका छन्। उज्यालो नेपाल अभियानमा ब्यापक सफलता पाएका घिसिङ आगामी कार्यकालका निरन्तरता पाउँछन् या पाउँदैनन्– त्यो भने सरकारको हातमा रहेको छ।

घिसिङलाई देश लोडसेडिङबाट मुक्त बनाएको सबैभन्दा ठुलो जस जाने गरेको छ। देशभित्र वा बाहिर रहेका नेपालीहरुले घिसिङलाई पुनः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक निरन्तरता दिनुपर्ने अभियान नै थालेका छन्। यसबीचमा बिभिन्न मानिसहरुका महत्वपूर्ण बिचार तथा सुझाबले सामाजिक सञ्जाल कुलमानमय समेत बनेको छ।

यसै सन्दर्भमा चर्चित अभिनेता तथा “मह” जोडिका “ह” अर्थात् हरिवंश आचार्यले कुलमानको उर्जाले देशको उर्जा बढ्ने बताएका छन्।

फेसबुकमा हरिवंश आचार्य लेख्छन् – यो देशमा अन्धकार ल्याऊनेहरु धेरै छन् तिनीहरुलाई खोजी खोजी हटाउनु पर्छ | ऊज्यालो ल्याउनेलाई सम्मान गरौ । उहॅाको ऊर्जाले देशको ऊर्जा बढ्छ ।

Hari Bansha Acharya को फोटो।
प्रतिक्रिया दिनुहोस