• २०७७ कार्तिक १५ गते शनिवार

विद्युत प्राधिकरणमा कुलमान घिसिङ नै हुनुपर्छ, देशलाई उज्यालो चाहिएको छ!

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिनै लाग्दा पुनः चर्चामा आएका छन्। उज्यालो नेपाल अभियानमा ब्यापक सफलता पाएका घिसिङ आगामी कार्यकालका निरन्तरता पाउँछन् या पाउँदैनन्– त्यो भने सरकारको हातमा रहेको छ।

घिसिङलाई देश लोडसेडिङबाट मुक्त बनाएको सबैभन्दा ठुलो जस जाने गरेको छ। देशभित्र वा बाहिर रहेका नेपालीहरुले घिसिङलाई पुनः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक निरन्तरता दिनुपर्ने अभियान नै थालेका छन्। यसबीचमा बिभिन्न मानिसहरुका महत्वपूर्ण बिचार तथा सुझाबले सामाजिक सञ्जाल कुलमानमय समेत बनेको छ।

यसै सन्दर्भमा चर्चित गायक शिव परियारले सरकारबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नै निरन्तरताको अपेक्षा गरेका छन्।

फेसबुकमा गायक परियार लेख्छन् – म ब्यक्तिगत रुपमा कुलमान घिसिङ्ग ज्यु फेरि पुन: एक पटक बिधुत प्राधिकरणको हाकिम हुनु पर्दछ भनेर नेपाल सरकारसंग एउटा नेपालि नागरिकको हैसियतमा जोड्दार माग गर्दछु ! अहिले देशलाई,अहिले मात्र हैन सधैंभरि देशलाई उज्यालो चाहिएको छ ! अब नेपाल सरकारको निर्णय कुरेको छु हेरौं ! आशा छ उज्यालो प्रेमि हामि जस्ता तमाम नेपालि जनताको भावनाको नेपाल सरकारले सम्मान गर्नेछ !

प्रतिक्रिया दिनुहोस