• २०७७ कार्तिक ६ गते बिहिवार

कुलमानलाई बाँकी कार्यकाल दिदै, आगामी चुनावपछि उर्जा मन्त्री बनाउँनुपर्छ !

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिनै लाग्दा पुनः चर्चामा आएका छन्। उज्यालो नेपाल अभियानमा ब्यापक सफलता पाएका घिसिङ आगामी कार्यकालका निरन्तरता पाउँछन् या पाउँदैनन्– त्यो भने सरकारको हातमा रहेको छ।

घिसिङलाई देश लोडसेडिङबाट मुक्त बनाएको सबैभन्दा ठुलो जस जाने गरेको छ। देशभित्र वा बाहिर रहेका नेपालीहरुले घिसिङलाई पुनः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक निरन्तरता दिनुपर्ने अभियान नै थालेका छन्। यसबीचमा बिभिन्न मानिसहरुका महत्वपूर्ण बिचार तथा सुझाबले सामाजिक सञ्जाल कुलमानमय समेत बनेको छ।

यसै सन्दर्भमा पत्रकार बिराट अनुपमले सामाजिक सञ्जालमा बाँकी कार्यकाल पनि निरन्तरता दिएर आगामी चुनावपछि उर्जा मन्त्रालयको जिम्मेवारी दिनुपर्ने तर्क अघि सारेका छन्। पत्रकार अनुपमको प्रत्यक्ष निर्वाचनमा उठाएर उर्जा मन्त्री बनाउँनुपर्ने बिचारलाई घिसिङ समर्थकहरुले जय–जयकार गरिरहेका छन्।

फेसबुकमा पत्रकार अनुपम लेखछन् – कुलमानलाई अझै बाकी कार्यकाल दिदै आगामी चुनावमा प्रत्यक्ष निर्वाचन उठाएर पछि उर्जा मन्त्री बनाउनुपर्छ। त्यो अगाडि नेपालले बाङ्लादेशलाई बिजुली बेच्नुपर्छ। भारतबाट आएको आयातलाई निर्यातले जित्नुपर्छ। MCC पारित गरेर घिसिङको कार्यालयले तयार गरेको ट्रान्समिसन लाइन गुटुटु सम्पन्न गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस