• २०७७ कार्तिक १३ गते बिहिवार

मानबले मानबलाई गरिने विभेद अन्त्य हुनुपर्छ !

दैलेखका परिवर्तनकारी युवा साथीहरुले एकदमै सान्दार्भिक एजेन्डाका साथ अनेकता भित्र एकताको एक छलफल बहस सम्पन्न भएको छ। यो बिषयमा म अत्यन्तै खुसि छु। वास्तबमा आजको युगले यहिँ भन्छ मानबले मानवलाई गरिने विभेद अन्त्य हुनुपर्छ। म यसमा कट्टिबद्द भएर लाग्छु।

अर्को कुरा – न ब्राह्मण जात हो, न दलित जात हो। ब्राह्मण ब्यवस्था हो दलित बर्ग हो। त्यसैले यसको सहि ढङ्गले विश्लेषण गरिएन। यसलाई जातिय जडसुत्रका आधारमा लिईयो यसको अन्तयका लागि म सधै अगाडि लाग्ने छु। जसरी तपाईहरुले मन्दिरमा प्रबेश रोक लगाईयो मैले भोग्न परेन, स्कुलमा तपाईहरुलाई खाजा खादा फरक व्यवहार गरियो – होला।

यो पनि मैले भोगिन – यसको भोगाइ तपाईहरुलाई छ। म यसको अन्तयका लागि तपाईहरुसँग हुन्छु र साथ दिन्छु सबै प्रकारका जातिय बिभेद, लैङ्गिक विभेद अन्तयका लागि तपाईहरु जस्ता प्रिय युवाहरु पाएकोमा एकदमै खुसि छु। यो एकतामा हर कदम हर पलमा तपाईको साथमा हुनेछु। युवाहरु अगाडि बढ्नुहोस – मेरो शुभकामना छ।

– आचार्य नेपाल विद्यार्थी संघका नेता हुन्।

प्रतिक्रिया दिनुहोस