• २०७७ कार्तिक ११ गते मङ्गलवार

नेपालमा २ प्रतिशत जनताको कोरोना परीक्षण

नेपालमा सरकारले २ प्रतिशत जनताको कोरोना परीक्षण गरेको छ । सोमबारसँग ६ लाख १० हजार चार सय ६९ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालये जनाएको छ । नेपालमा करिब तीन कराड जनसंख्या भएकाले यो कुल जनसंख्याको २ प्रतिशत हो । छिमेकी देश भारतमा तीन करोड ६० लाख अर्थात् तीन प्रतिशत भन्दा धेरैको परीक्षण भएको छ ।

पछिल्लो समय सरकारले दैनिक १० हजारको संख्यामा परीक्षण गरिरहेको छ । जसमध्ये करिब पाँच प्रतिशतभन्दा धेरैमा संक्रमण देखिएको छ ।
हालसम्म नेपालमा ३२ हजार ६ सय ७८ जनामा संक्रमण देखिएकोमा १८ हजार ८ सय ६ जना डिस्चार्ज भएका छन् । त्यस्तै एक सय ५७ जनाको मृत्यु भएको छ । १३ हजार सात सय १५ जना उपचाररत छन् ।
नेपालमा सबैभन्दा धेरै संक्रमित रहेको जिल्ला काठमाडौं, पर्सा, रौतहट, कैलाली र मोरङ हुन् ।

प्रतिक्रिया दिनुहोस