• २०७७ कार्तिक ४ गते मङ्गलवार

कुलमान घिसिङलाई बिधुत प्राधिकरणमा निरन्तरता दिइयोस्- कुमार कट्टेल

प्रधानमन्त्री ज्यु !
सरकारका महत्वपुर्ण संस्थान र प्राधिकारण मा सिईओ नियुक्ती गर्दा प्रतिष्पर्धी सिईओ हरु को भिजन, बिगत मा गरेका काम , योग्यता र ईमान्दारिता को गम्भिर भएर अध्यायन गर्नु होला र उहाहरुको नियुक्ती गर्नु अघी जनताको मत सर्वेक्षण पनि लिनु होला।

हैन भने प्रधानमन्त्री ज्यु , प्रचण्ड ज्यु र शेर बहादुर देउवा ज्यु बसेर संस्थान र प्राधिकरण भाग लगाउदा हजुर हरु ३ जनाको दुनु सोजाउने सिईओ साबहरु त आउनु होला तर देश र जनता को लागी “ सियो “ बनेर छिर्ने र फाली बनेर निस्कने मात्र हुन सक्छ।

अध्यारो युगको अन्त्य गरी उज्यालो युगको शुरुवात मात्र हैन घाटामा गएको नेपाल बिधुत प्राधिकरणलाई नाफा मा पुर्याई कुशल र सक्षम नेतृत्व प्रदान गर्नु हुने नेपाल आमा को एक राष्ट्रसेवक कर्मचारी, देशको रियल हिरो , हामी नेपाली को ढुकढुकी आदरणिय कुलमान घिसिङ ज्यु लाई पुन बिधुत प्राधिकरणको सिईओ मा निरन्तरता दिईयोस।

किनकी कुलमान घिसिङ जस्तो छोरो हामी जनतालाई र यो देश लाई चाहिएको छ। सम्मान अनि नमन आदरणिय कुलमान घिसिङ ज्यु प्रती !

कुमारले आफ्नो फेसबुकमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस