• २०७७ कार्तिक ६ गते बिहिवार

पर्साकी कोरोना संक्रमित महिलाकाे मृत्यु

पर्सामा कोरोना संक्रमणका कारण थप एक महिलाकाे मृत्यु भएकाे छ।

विन्दावासिनी गाउँपालिका वडा नं ३ ईटियाहीकी ७० वर्षिय महिलाको आइतबार मृत्यु भएको नारायणी अस्पतालले पुष्टि गरेको छ ।

क्षयरोगी रहेकी महिलाको श्वासप्रश्वासमा समस्या देखिएपछि साउन ६ गते नारायणी अस्पतालमा भर्ना गरी उपचार शुरु गरिएको थियो ।

उपचारको क्रममा नारायणी अस्पतालको आईसियुमा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

उनको स्वाब शनिबार नै संकलन गरी परीक्षण गर्दा आइतवार रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिक्रिया दिनुहोस