• २०७७ कार्तिक १० गते सोमवार

ध्यानाकर्षणभित्रकाे काेतरकातर

बानेश्वरकाे हाेस्टलमा डाक्टरलाई आश्रय दिएकाे आराेपमा घरबेटीलाई स्थानीय भुस्तिघ्रेहरूले तथानाम गाली गरेकाे खबरले फेसबुकमा सम्पूर्ण चिकित्साकर्मीहरूकाे राेषपूर्ण अभिव्यक्ति आइरहेकाे सन्दर्भमा त्यसबारे मेराे निजी हेड क्वार्टरकाे गम्भीर ध्यानाकर्षण भई प्रतिक्रियाका निम्ति उपस्थित भएकाे छु । डाक्टर लखेट्ने विषयमा प्रतिक्रिया दिँदै गर्दा कतिपय चिकित्साकर्मीहरूले मेराे याे लेखप्रति कडा प्रतिवाद पनि गर्न सक्नेछन् र कतिपय कथित जनप्रतिनिधि वा टाेले समाजसुधारकहरूले सत्ताेसराप गर्नेछन् भन्ने मलाई लागिरहेकाे छ । नढाँटी भनूँ भने मेरा अत्यन्त निकट आफन्तहरू नै डाक्टर छन्, घरकै बुहारी नर्स छिन् र पढाएका विद्यार्थीहरू कति डाक्टर-नर्स र प्राविधिक भए त्यसकाे लेखाजाेखा नै छैन । तर म एउटा जगजाहेर तथ्यलाई यहाँ प्रस्तुत गर्नेछु जाे डाक्टर वा नर्सकाे न विपक्षमा हुनेछ न त टाेलेहरूकाे घनघाेर समर्थनमा । बरू याे मझधारकाे टिप्पणी हुनेछ , जसलाई काेभिडसित जुध्ने डाक्टर हाेऊन् वा काेभिडका नाममा हिराे बन्न खाेज्ने टाेले सुधारक हाेऊन्, तिनले मनन गर्नु मुनासिब हुनेछ ।

कुनै पनि घटना तात्कालिक रूपमा घट्दैन । त्यसका पछाडि कुनै पृष्ठभूमि हुनैपर्छ । झ्वाट्ट हेर्दा र सुन्दा आम जनताकाे स्वास्थ्यसेवामा खटेका डाक्टरप्रति यति निर्मम रूपमा प्रस्तुत हुनु कदापि सभ्यता हाेइन । जाे काेही पनि बिरामी पर्दा राेगीले शरणागति पाउने ठाउँ भनेकै अस्पताल हाे र डाक्टर नर्स नै राेगीकाे राेगसित भिड्ने प्राणी हुन् । तिनकाे विज्ञता र सेवाले हामी जीवनदान पाउँछाैँ । त्यसैले भावुकतावश हामी डाक्टरलाई भगवानकाे दाेस्राे अवतारका रूपमा मनमनै श्रद्धा गर्दछाैँ । झन् यतिखेर जीवन अनिश्चित भएकाे अवस्थामा हाम्राे अन्तिम सहारा तिनै डाक्टर – नर्स नै हुन् । त्यसैले तिनलाई चिढ्याउनु भनेकाे हामीले आफ्नै टाउकामा ताताे खरानी हाल्नु हाे । फेरि एउटा -दुईटा -डाक्टरलाई उपेक्षा गरेर अन्यबाट सेवा पाइहालिन्छ नि भन्ने गुन्जाइस पनि छैन । पेसागत हकहित र सुरक्षाका निम्ति तिनकाे सङ्गठन छ । आफ्नाे सङ्गठनकाे सानाे एकाइमा हमला हुँदा साथ नेटाे ( NETO ) बनेर आफ्ना स्टेथेस्काेप-थर्माेमिटर-कैँची फालेर सडकमा उत्रिहाल्दछन् । लाेकतन्त्रले दिएकाे याे ट्रेड युनियन वा पेसागत संगठनकाे अमाेघ अस्त्रका अगाडि सरकार हाेस् कि महासरकार , त्याे लुतुक्क भइहाल्दछ । त्यसै पनि याे देशमा छालाकाे जुत्ता सिलाउनेकाे हैसियत खेसडीकाे दाल बराबर हुन्छ भने त्यही मान्छेकाे छाला सिलाउने डाक्टरकाे इज्जत गगनचुम्बी हुन्छ । समाजले दिएकाे याे जबर्जस्त मानका खातिर मानले डाक्टर-नर्सका चर्तिकला-नखरा कम्ता गजबका हुँदैनन् । तिनले आफूलाई संसारकै महाजन र अरुलाई भुसुना-ओैँसा सम्झन्छन् ।

मैले माथि नै भनेकाे छु कि भित्रभित्रै सल्किएकाे भुसकाे आगाेमा सानाे हावाकाे झाेक्का पर्‍याे भने त्यहाँ लप्का छुट्ने हुन्छ ।

मेराे अथाह सहानुभूति छ ती डाक्टरप्रति – जाे अहिलेकाे विषम परिस्थितिमा आफ्नाे ज्यान हत्केलामा राखेर बिरामीकाे सुश्रूषामा जुटेका हाेलान् तर चिकित्सा पेसामा लागेका मुनाफाखाेर डाक्टरकाे छविले यतिखेर समाजकाे धारणा कति बिग्रेकाे छ भन्ने सत्यलाई बिर्सनु हुँदैन । बिरामीलाई उपचारका नाममा भिखमङ्गा बनाउने डाक्टर याे सहरमा दिनदिनै उत्पादन भइरहेका छन् । अप्रेसन गर्दा पेटमै कैँची छाेड्ने, दायाँ गाेडाका ठाउँमा बायाँ गाेडाकाे शल्यक्रिया गर्ने , एउटा रगत समूहकाे ठाउँमा अर्काे समूह राखिदिने र पैसा थुत्नकै लागि मरेकाे बिरामीलाई भेन्टिलेटरमा झुन्ड्याइराख्ने नर्सिङ हाेम र त्यसमा कार्यरत डाक्टरहरू रक्तबीजझैँ फैलिएका छन् । बिरामीसित बाेल्दा तिनकाे गाैरवप्रतिष्ठा झ्याप्पै खसेकाे मान्ने डाक्टरहरूले चिकित्साशास्त्रका जन्मदाता हिप्पाेक्रेट्सका नाममा खाएकाे सपथ लुतुक्क बिर्सेर घमण्डकाे लिङ्गाे चढेकाे देखिएकै छ । यी यावत् दुर्व्यवहारकाे पृष्ठभूमिमा डाक्टरमाथि बारम्बार यस्ता तुसहरू पाेखिनु अस्वाभाविक हाेइन । रिसाएकाे बेलामा मान्छेले वेद पढ्द‌ैन । अझ घरपरिवारकै सदस्यमाथि डाक्टरी लापर्वाही भएकाे रहेछ भने त्यस्ताका लागि ढिँडालाई निस्तै गर्न काेही चुक्दैन । संवेदना केवल डाक्टरकाे मात्रै हुँद‌ैन, मानवता र कानुनकाे सिद्धान्त सभ्य -सेताे पाेशाकका आवरणमा मात्रै जीवित हुँदैन । सायद याे घटनाकाे उठानमा केही डाक्टरका त्यस्ता कसाही प्रवृत्तिहरू मूल कारक बन्न गई केही हुल्लडबाजलाई बदला लिने माैसम बनेकाे त हाेइन ! त्यसैले बानेश्वर घटनाबाट डाक्टरहरूले आफ्नाे पेसामा लागेकाे भाइरसलाई मेटाउन अल्लि सक्कली स्यानिटाइजर लगाउनैपर्छ । व्यवहारमा उदारताकाे विकास गर्नैपर्छ । बिरामीलाई निचाेरेर कमाएकाे धनले एक दिन पाेल्छ , बरु दिल जितेर थप इनाम पाउने काममा लागियाे भने डाक्टरकाे छवि उचाे हुन्छ । एक छिन बिरामी र आफन्तले नमस्कार ठाेक्याे भन्दैमा गमक्क पर्नु जरुरी छैन । बिरामीले थप कतिजना बिरामीलाई सिफारिस गर्याे , त्याे महत्त्वपूर्ण सफलता हाे । डाक्टरलाई लाग्दाे हाे – मेराे इज्जत धेरै माथि छ तर यतिखेर बाेर्डिङ स्कुल खाेल्ने व्यापारीकाे जुन स्तर निर्माण भएकाे छ त्यही काेटिभित्र डाक्टर दर्ज भइरहेका छन् । डाक्टरकहाँ जानु त्यस्तै बाध्यता हाे जस्ताे कि बाेर्डिङ स्कुलमा छाेराछाेरी पठाउनु । एकपटक विहङ्गम दृष्टि दिऊँ त – यहाँ डाक्टर बाबुराम तिमल्सिना पनि डाक्टर हुन् , केसी पनि डाक्टरै हुन् , जाे पैदल हिँडेर पनि आफ्नाे मर्यादा कहिल्यै भुलेका छैनन् डा. बाबुरामले त म लगायत कयाैँ बिरामीलाई निशुल्क ओैँषधी बाँडेकाे मैले देखेकाे छु । उता प्युठानका लेखराज सुवेदी पनि डाक्टर नै हुन् जसले शिक्षण अस्पतालकाे डाक्टरी नाेकरी छाेडेर दुर्गमका अकिञ्चनलाई आफ्नाे हृदयकाे पाैष्टिकता समर्पण गरेर उपचार गरिरहेका छन् ।कुनै समयमा डाक्टर बिहारीलाल श्रेष्ठ पनि थिए जसले १५ वर्ष वीर अस्पतालमा नि:शुल्क सेवा गरेका थिए तर अर्का एकजना धुन्धकारी डाक्टरकाे कहानी पनि सुनाइहालूँ – जाे याे देशका वरिष्ठ स्नायुविशेषज्ञ थिए । उनकाे नर्सिङ हाेममा जाँदा उनले भनेकाे शब्द – “पहिला एक लाख डिपाेजिट गर्नुस्, र अर्काे एक लाख तयार राख्नुस्, यदि अपरेसनपछि लाग्ने एक लाख भुक्तानी भएन भने बिरामीकाे फाेडेकाे खप्पर म जाेड्नेछैन ।”” याे घटना १५ वर्षअघिकाे हाे । तर त्यही कार्यलाई अर्का वरिष्ठ न्युराे डाक्टरले (डा.पन्त) पचास हजारमा सम्पन्न गरिदिएका थिए ।

डाक्टरका यस्ता क्रियाकलाप भुक्तभाेगीका अवचेतनमा कुण्ठिएर बसेका हुन्छन् । सायद यस्तै कुण्ठाकाे विरेचन बानेश्वरका टाेले -झाेलेहरूले गरेका हुन् कि ! जे हाेस्, यस्ताे गरिनुहुँदैन । व्यक्तिगत व्यवसाय वा घरमा कसैले अरुलाई हानि नगर्ने गरी डाक्टरलाई मात्रै हाेइन, भूतलाई पनि पाहुना बनाउन सक्छ। कसैकाे खप्परमा ज्वराे किन चढ्ने ? तिनी टाेलेहरू कसरी जान्ने भए कि डाक्टरहरू नै काेराेना सार्ने एक मात्र स्राेत हुन् ! त्यसाे भए भाेलि तिनी बिरामी पर्दा डाक्टरकाे सेवा लिन जान्छन् कि जाँदैनन् ? मलाई त लाग्छ यसभित्र माथिकाे आठाना र बाँकी आठानामा अन्य कुनै गाेप्य कहानी लुकेकाे छ कि ?

मेराे अथाह आलाेचनात्मक सहानूभूति छ ती डाक्टरलाई जाे टाेले -झाेलेहरूबाट प्रताडित भएका छन् । मेराे घाेर भर्त्सना छ ती टाेले -झाेलेहरूप्रति जाे एक डाक्टरकाे गल्तीलाई सबैकाे साझा बनाएर अमानव घटना घटाएका छन् अथवा लालबुझक्कड बन्ने चेष्टा गरेका छन् । मैले सम्भावनाकाे ढाेका मात्र खाेलेकाे हुँ । आखिर मलाई पनि जानैपर्छ नि डाक्टर भेट्न कुनै बेला त ।

प्रतिक्रिया दिनुहोस