जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा कोमानले निर्णायक गोल गरेका थिए ।
उनले जोसुवा किमिचको पासमा हेड गोल गरेका थिए । यस सँगै बायर्नले छैटौं पटक पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।