• २०७७ कार्तिक ४ गते मङ्गलवार

सिमानामा लडिरहेको सिपाहीलाई सोध्नुहोस्- जीवन कस्तो छ?

खुसी हुनेहरु अबस्य दुःखी पनि हुन्छन्। यो अनौठो हुदै, होइन। सुख र दुःख मिसियो भने तनाब पढ्छ। मानिस सधै सुख या दुःखमा हुनै सक्दैन। दैनिकी त पक्का फेरिन्छ।

सिमानामा लडिरहेको सिपाहीलाई सोध्नुहोस् – जीवन कस्तो छ? आफ्नो परिवारको सपना त्यागेर करोडौंको परिवारलाई सुरक्षित राख्न खटिरहेको हुन्छ। जहाँ ब्यक्तिगत सपना थोरै र देशका सपनाहरु भारी हुन्छन्। ल… सोध्नुहोस् त? सीमाको सिपाहीलाई? पक्का, जवाफ तपाईको मन खेलिरहेको छ…।

नारीलाई जीवन कस्तो छ सोध्नुहोस् – जसले आफ्नो जीवनको बालापन र युवा अबस्था बाबु–आमाको समिप बिताउँछ। र फेरि नयाँ जीवन सुरु गर्न सम्पूर्ण जीवन अर्कै घरमा, अर्कैसँग लैजान्छ – हो उसलाई सोध्नुहोस् आखिर जीवन के रहेछ? यहाँ पनि तस्बिर आफै बोल्यो होला…।

जीवन कस्तो छ, आश्रममा राखिएका बाबु–आमालाई सोध्नुहोस् – जसका छोराछारीहरु मुलुक बाहिर वा शहरतिर छन्। यी बुबा–आमा तिनै जो पुरानो घरबाट नयाँ बाटो देखाए तर, आफै आश्रममा पुगे। कस्तो रहेछ – जीवन? आभास गर्नुहोस् त? अँह…।

जीवनका आआफ्नै व्याख्याहरु दिमागमा आउनेछन् – यदि, शान्त भएर सोचियो भने। त यो पनि जरुर छ कि, प्रत्येक मानिसको परिभाषा उसको स्थिति अनुरुप हुन्छ। जीवन पनि समय–समयमा परिवर्तन हुन्छ। समाज फरक र फराकिलो पनि रहेछ। सबैमा तर चीजप्रति सकारात्मक दृष्टिकोण आउँन जरुर देखिन्छ। ताकि जीवनमा सुन्दर र सरल भाब सुधार होस्। जीवन छोटो तर धेरै विशाल छ। यहाँ उतार–चढावहरू छन् र आइरहने छन्। ठुलो संसारमा जीवन अनिश्चित छ।

प्रतिक्रिया दिनुहोस