• २०७७ कार्तिक १० गते सोमवार

नेकपा कार्यदलले एमसीसी पास गर्ने सहमति खोज्दै

नेपाल कम्युनिस्ट पार्टीको विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदन अध्यक्षद्वया ओली र दाहाललाई बुझाएको छ । कार्यदलले एकसाता लगाएर तयार पारेको प्रतिवेदन शनिबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको हो।

पार्टीमा देखिएको समस्या समाधानका लागि गत साउन ३० गते नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा नेताहरु भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, पम्फा भु्साल र शंकर पोखरेल सदस्य रहेको ६ सदस्यीय कार्यदल गठन जिम्मेबारी तोकिएको थियो।

कार्यदलले अन्य बिषयसँगै एमसीसी परियोजनामा पनि पार्टीभित्रबाट समझदारी बनाउने सुझाव बुझाएको छ।

प्रतिक्रिया दिनुहोस