• २०७७ कार्तिक १३ गते बिहिवार

रौतहटमा आगामी १४ गतेसम्म निषेधाज्ञा

रौतहट जिल्ला भरमा लागूहुने गरि आगामी १४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । कोभिड–१९ को संक्रमिकतहरुको संख्या दिनानुदिन बढदै गइरहेकोले शनिबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार गत १ गतेबाट थप गरिएको निषेधाज्ञालाई १४ गते आइतबार राति १२ः०० बजे सम्मलाई निरन्तरता दिएको छ ।

साथै थप गरिएको निषेधाज्ञाको अवधिमा आम नागरिकहरुलाई अत्यावश्यक उपभोग्य खाद्यान्न सामग्रीको आपुर्तिलाई सहज बनाउन खद्यान्न पसलहरु र निर्माण सामग्रीका पसलहरु प्रत्येक दिन विहान ७ः०० बजेदेखि विहान ११ः०० बजेसम्म शर्तहरुको पूर्ण परिपालना गरी–गराई अत्यावश्यक उपभोग्य खाद्यान्न पसलहरु र निर्माण सामग्रीका पसलहरु खोल्न दिइने रौतहटका सिडियो ईन्द्रदेव यादवले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस