• २०७७ कार्तिक ६ गते बिहिवार

महामन्त्री खड्का कांग्रेसको आगामी नेतृत्वमा अपेक्षित, स्वभाविक र अपरिहार्य नेता हुनुहुन्छ!

नेपाली कांग्रेसको हितका लागि गम्भीर एवम् दीर्घकालीन ढंगले चिन्तन गर्ने नेता पूर्ण बहादुर खड्काले तत्कालीन परिस्थितिमा प्रधानमन्त्री पदको निर्वाचनमा केपी ओली विरुद्ध कांग्रेस सभापति सुशील कोइरालाको उम्मेदवारीप्रती असहमति जनाउँदै पार्टी सहमहामन्त्री पदबाट राजीनामा दिनुभएको थियो।

त्यस परिवेशबाट राष्ट्रिय राजनीतिमा प्रारम्भ भएको कांग्रेसको सकसपूर्ण यात्राको सन्दर्भमा उहाँको उक्त कदमलाई बुझिनुपर्छ र त्यसको वस्तुनिष्ठ विश्लेषण हुनुपर्छ।

दुइपटक गृहमन्त्री र अन्य मन्त्रालयहरुको नेतृत्व सम्हालेर पनि समकालीन राजनीतिमा स्वच्छ छविको पहिचान बनाउन सफल उहाँ राजनेता कृष्णप्रसाद भट्टराईको निष्ठा र आदर्शबाट प्रेरित हुनुहुन्छ।

वैचारिक र सांगठनिक दुइटै मोर्चामा प्रस्ट विचार र दृढ अडान भएका वर्तमान महामन्त्री खड्का कांग्रेसको आगामी नेतृत्वमा अपेक्षित, स्वभाविक र अपरिहार्य नेता हुनुहुन्छ। जय नेपाल ।

जैशी नेपाली कांग्रेस दैलेखका नेता हुन्।

प्रतिक्रिया दिनुहोस