• २०७७ कार्तिक ८ गते शनिवार

अभिनेत्री तथा निर्देशक दीपाश्रीले भनिन्- मेरो ठूलो भूल भयो !

अभिनेता राजेश हमालको विषयमा एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा दिएको अभिव्यक्तिका कारण सामाजिक संजालहरूमा चर्को आलोचनाको सामाना गरेकी अभिनेत्री, निर्माता तथा निर्देशक दीपाश्री निरौलाले एक भिडिओ पोस्ट गर्दै आगामी दिनहरूमा आफूले गतिलो पाठ पाएको भन्दै यस्तै गल्ती नदोहोर्‍याउने बताएकी छन्।

आफ्नो जन्मदिन पारेर आज पोस्ट गरिएको भिडिओमा निरौलाले सो अन्तरवार्ताका क्रममा आफू आवेगमा आउँदा त्रृटि भएको र सो घटनाबाट पाठ सिकेको बताउँदै आगामी दिनहरूमा सतर्क हुने भनाइ राखेकी छन्।

पोस्ट गरिएको रेकर्डेड भिडिओमा आफ्ना कुराहरू राख्ने क्रममा सुरूमा हँसिलो मुद्रामा प्रस्तुत भएपनि पछि उनी थुप्रै ठाउँहरूमा भावुक हुँदै भक्कानिएकी छन्।

भिडिओमा आफूबाट प्रमुखरूपमा ३ वटा गल्ती भएको भनेकी छन्।

यस्तै उनले आफ्ना कारणले आफ्ना निकट मित्र दिपकराज गिरीसँगै टिममाथि पनि संकट आएको बताएकी छन्।

उनले भिडिओमा करियरको आधा समय पीडामा बिताएको स्मरण गर्दै आगामी दिनमा आफ्नो व्यक्तिव विकासमा ध्यान दिने र मिडियामा कसरी प्रस्तुत हुने कुरामा सजग हुने भनाइ राखेकी छन्।

प्रतिक्रिया दिनुहोस