नेकपा वरिष्ठ नेता माधवकुमार नेपालका पिएसओसहित ९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये सात जना सशस्त्र प्रहरी छन्। पिएसओ र एक जना चालक नेपाल प्रहरीका रहेको नेपालनिकट स्रोतले जनायो।
बिहीबार पिसिआर परीक्षण गरिएकोमा शुक्रबार उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको हो।
नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार सुरक्षामा खटिएका पन्ध्र जनामध्ये ९ जनामा पोजेटिभ देखिएको हो।