• २०७७ कार्तिक १३ गते बिहिवार

महात्मा गान्धीको चश्मा २ करोड ५५ लाख भारुमा बेचियाे

हजुरबुवाले महात्मा गान्धीलाई दिएकाे चश्मा २ करोड ५५ लाख भारुमा लिलाम !

महात्मा गान्धीको एक चश्मा २ करोड ५५ लाख भारुमा लिलाम भएको छ। सो चश्मा अमेरिकाका एक व्यक्तिले किनेका हुन्।

लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सनका अनुसार ३ अगस्टमा यो चश्मा एक सेतो खामभित्र फेला परेको थियो, जसलाई कुनै व्यक्तिले छोडेका थिए।

भनिन्छ यो चश्मा गान्धीलाई उनका हजुरबुवाले दिएका थिए, जतिबेला उनी दक्षिण अफ्रिकामा काम गर्दथे। यो १९१०–१९३० तिरको कुरा हो।

अक्सन कम्पनीका एन्ड्र्यु स्टोले भने, ‘करिव पचास बर्षदेखि याे चश्मा यस्तै दराजमा बन्द छ। लिलामीले एकपटक मलाई भने कि उनी ती चीजहरू फ्याँक्न चाहन्छन्। किनभने उनले यसबाट फाइदा लिन सकेका छैनन्।’

यसअघि उनले भनेका छन्, ‘कुनै एक व्यक्तिले शुक्रबार राति यो चश्मा हाम्रो लेटरबक्समा राखिदिएका थिए। यो चश्मा सोमबारसम्म लेटरबक्सभित्रै रह्यो। त्यससँगै एक चिठी पनि थियो। त्यसमा लेखिएको थियो– यो महात्मा गान्धीको चश्मा हो।’

२ करोड ५५ लाखमा बिक्री भएपछि चश्माका मालिक खुसी भएका छन्। कमजोर आर्थिक अवस्थाका उनले यो रकम आफ्नो छोरीसँग बाँड्ने बताएका छन्। अब उनले यसको लागि यति ठूलो रकम पाएका छन् जसले उनको जीवनलाई बदल्छन्।

‘हामी खुसी छौं कि गान्धीको चश्माले नयाँ ठाउँ फेला पारेको छ र हामीले यस काममा सहयोग गरेका छौं। यो लिलामी  हाम्रो लागि नयाँ रेकर्ड मात्र होइन। याे ऐतिहासिक रुपमा महत्त्वपूर्ण छ,’ उनले भनेका छन्।

इस्ट ब्रिस्टलले अगाडी भनेका छन्, ‘मैले चश्माको इतिहास पत्ता लगाउन अनुसन्धान गरेँ र पत्ता लगाए  गान्धीको समय चश्मा लगाउने सबै मितिहरू पनि मिल्दोजुल्दो छ। यो गान्धीले लगाएको सायद पहिलो चश्मा थियो।’

प्रतिक्रिया दिनुहोस