• २०७७ कार्तिक १२ गते बुधवार

नेजस पश्चिम भारत क्षेत्रको अध्यक्षमा उदयराज खड्काको कार्यकाल प्रारम्भ 

मुम्बई । नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्रकाे दाेस्राे कार्यकालका लागि अध्यक्षमा उदयराज खड्का चयन भएका छन्। पश्चिम भारत क्षेत्र (महाराष्ट्र-गोवा-गुजरात राज्य) को छौटौं अधिवेशनमा भएको भद्र सहमति अनुसार खड्काकाे दुई वर्षे कार्यकालका शुुुुरु भएको छ।

पहिलो कार्यकालमा दुई वर्षका लागि अध्यक्ष चुनिएका मीन बहादुर बोहोराको जिम्मेवारी समाप्त भए लगतै खड्काको कार्यकाल प्रारम्भ भएको हाे। कुशल संगठकका रुपमा परिचित खड्काले यस अघि समितिको उपाध्यक्ष पदमा रहेर समेत काम गरिसकेका छन्।

पूर्व सहमति अनुसार अध्यक्षमा जिम्मेवारी फेरिएपनि अन्य पदाधिकारी तथा सदस्यहरु भने यथावत रहेको नेजस स्रोतले जानकारी दिएको छ। लामो इतिहास भएको नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्रको जिम्मेवारी पाउँदा आफुले खुशी महसुस गरेको नवनियुक्त अध्यक्ष खड्काले नेपाल न्यूज दैनिकसँगको कुराकानीमा बताएका छन्।

नेजस पश्चिम भारत क्षेत्रको जिम्मेवारी सम्हाले लगतै अध्यक्ष खड्काले पश्चिम भारत क्षेत्रको मतहतमा रहेका बिभिन्न कार्यसमिति वा नेजस निकटहरुलाई मिलाएर लिने बिश्वास ब्यक्त गरेका छन्। अध्यक्ष पदको जिम्मेवारीका लागि आफुलाई सहयोग र समर्थन गर्ने सबैप्रति आभार तथा धन्यवाद समेत दिएका छन्। नेतृत्वमा खड्काको आगमनसँगै नेजस पश्चिम भारत क्षेत्रले थप गतिबिधि बढाउँने नेजसका नेताहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस