• २०७७ कार्तिक ६ गते बिहिवार

मायानगरीमा उदाउँदो स्टार “बोनी”को हिन्दी गीत “आई नो” चर्चामा

मायानगरी मुम्बई सपनाको शहर हो। यहाँ आउँने थोरै मानिसहरुमा भएका सपनाहरु साकार हुन्छन्। बलिउड विश्व सिने जगतमा निकै नै अग्रपक्तिमा आउँने नाम हो। मुम्बई प्रवेश गर्ने हरेक मानिसको सोच हुन्छ– हिन्दी विधामा गायन वा अभिनय गर्ने र चर्चा कमाउँने। पछिल्लो समय नेपाली युवा–युतवीहरु समेत बलिउड प्रवेशको प्रयास थालेका छन्। ती मध्ये कमैले मात्रै जम्ने अवसर पाए।

नेपाली युवा कलाकार सुभाष भुल आजकाल मुम्बईमा बसोबास गर्ने प्रायः प्रवासी नेपाली र कतिपय स्थानीयहरुको चर्चाको विषय बनेका छन्। उनको पछिल्लो हिन्दी गीत “आई नो” डिजिटल माध्यममार्फत दर्शक–श्रोता माझ पुगेपछि भुलप्रति युवा पुस्ता आकर्षित छन्।

लोभलाग्दो अभिनय र गायनमा अब्बल प्रतिभा भएका भुल राम्रो सम्भावना बोकेका पछिल्लो पुस्ताका युवा हुन्। नेपालको अछाम जिल्ला मूल थलो भएका भुलको परिवार पछिल्लो समय कैलाली जिल्ला जानकी गाउँपालिका – जगतपुरमा बसोबास गर्छन्।

हिन्दी अभिनय र संगीतमा संघर्षरत सुभाष अहिले भारतको महाराष्ट्र राज्य स्थित ठाणेको बदलापुर शहरमा बसिरहेका छन्। बाल्यकालदेखि नै कलाकारिताप्रति रुचि भएका भुललाई गायक बन्ने समेत ठुलो सपना छ।

साथीहरु माझ बोनी उपनामले चिनिने सुभाष उज्जल भविस्यको रुपरेखा कोरिरहेका छन्। उनको मेहनत र अब्बल प्रतिभाले कुनैदिन राम्रो स्थान पुग्ने भुल एकता समाजका महासचिब हस्त भुल बिस्वास गर्दछन्। उनी भन्छन्– “सुभाषको अभिनय र गाउने कला राम्रो छ। मलाई बिस्वास छ, सुभाषको संघर्षले हिन्दी सिने जगतमा राम्रो स्थान दिनेछ।”

 

सुभाष पढाईमा समेत उत्कृट विद्यार्थी हुन्। नृत्य र कोरियोग्राफरमा उनको फरक र राम्रो प्रस्तुतिले पछिल्लो पुस्ताहरुको रोइजामा पर्ने गरेका छन्।

युट्युबमार्फत दर्शक–श्रोत माझ आएको आई नो हिन्दी गीले समेत राम्रो तारिफ पाइरहेको छ। भिडियोको अभिनयहरु समेत जिवन्त र रमनीय सिनहरु राखिएको छ। उक्त गीतको संगीत पैट्रिक माबारुको रहेको छ भने सूफियान अबुलहसनको सफल डायरेक्शन छ।

गीतको डिओपिमा क्रिस मबुस छन्। गीतको योजना तथा उत्पादन मेनेजर दिप्शी गोयल रहेका छन्। हिन्दी गीतको अभिनय तथा स्वरमा बोनी अर्थात् सुभाष भुल नै रहेका छन्। हाम्रो तर्फबाट पनि बोनीलाई धेरै–धेरै बधाई शुभकामना…

प्रतिक्रिया दिनुहोस