ललितपुरको पाटन अस्पतालमा उपचाररत थप १ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय सुवाशचन्द्र गिरी हुन् ।
उनी नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापतिसमेत हुन् ।
प्रादेशिक अस्पताल भैरहवामा २८ साउनमा कोरोना पुष्टि भएपछि उनी पाटन अस्पतालमा उपचार गराइरहेका थिए । उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको पाटन अस्पतालले जनाएको छ ।
बुटवलस्थित युनिभर्सल मेडिकल कलेजमा पित्तथैलीको अपरेशन गराएका उनको अपरेशन लगत्तै कोरोनासँग मिल्दाेजुल्दाे लक्षण देखिएपछि परीक्षण गराउदा कोरोना पुष्टि भएको थियो ।