• २०७७ कार्तिक ६ गते बिहिवार

देशभर थपिए ५८१ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २७ हजार २ सय ४१ जना पुगेको बताए।

सोमबार थप १ सय ६० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ४ सय ९५ उपचारपछि निको भएका छन्।

आज २ हजार ६ सय १ जना होम आइसोलेसनमा रहेका छन्। देशभर ९ हजार ६ सय ४९ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म १ सय ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस