• २०७७ कार्तिक ६ गते बिहिवार

देशमै रोजगारीको सिर्जना गरौँ – सुन्दर नेपाल निर्माण गरौँ!

पहाडका ती शितल छहारिमा होस या तराईका समथर ठाउँमा या हिमालका फेदमा काम गरेर घरपरिवार पाल्ने बाताबरण सहजै सिर्जना भइदियको भय म जस्तै लाखौं युवाहरुले आफ्ना पसिना यहि स्वर्गको टुक्रा नेपालमै सायद समर्पित गर्थे होला सुन्दर नेपाल पक्कै बन्थ्यो – होला।।

म जस्तै लाखौं युवा हातमा पासपोर्ट समायर त्रिभुवन विमान स्थलबाट सुन्दर सपना बोकेर निलो आकाशमा उडेका हुन्छन्। रुपडिया, गौरिफण्टा,बनबास हुँदै छिमेकि देश भारत पुग्छन ५०–५५ डिग्रीको तापक्रममा काम गर्दा गर्दै अकस्मात कहियौंको मृत्यु हुन्छ सुन्दर सपना त्यहीँ मरुभूमिमा बिलिन हुन्छ रातो बाकशमा नेपाल फर्किन्छ घरमा छोराले पैसा पठाउछ भनेर आशमा बसेका आमा–बुवा, छोरा–छोरी श्रीमती सबैको सपना भरियको पानिको गाग्रीको पानी छताछुल्ल पोखिए जस्तै हुन्छ।।

रेमिटेन्सको आशमा युवाहरुलाइ बिदेश पलायन रोखौं हिजोको जस्तो राजनीतिक अस्थिरता छैन आज देशमा स्थिर सरकार बनेको छ अब पहाडको शितल छहारि मा होस या तराईको समथर ठाउँमा होस या हिमालको फेदमा होस रोजगारीको सिर्जना गरौँ सुन्दर नेपाल निर्माण गरौँ । जय नेपाल

प्रतिक्रिया दिनुहोस