• २०७७ कार्तिक ४ गते मङ्गलवार

विकृतिमय तीज र मुम्बईको सम्झना !

हरितालिका तीज हिन्दु नारीहरुको विशेष पर्व हो। भाद्र शुक्ल तृतीयाको दिन हिन्दु नारीहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तीज मनाउँछन्। तीज पर्व विगतका वर्षहरुमा मुम्बईमा समेत घुमधामका साथ बनाउँने चलन थियो।

गणेश चतुर्थी र ऋषिपञ्चमी पनि तीजकै अङ्गको रूपमा लिइन्छ। हामीले मनाउने कुनै पनि सांस्कृतिक पर्व हाम्रा वैदिक तथा पौराणिक कथासँग सम्बन्धित छन्। हरितालिका पनि शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ।

तीजको समय खुसी र हर्षको समय हो। सबैजना वर्षभरिको थकान मेटाउने, कतै साथीभाइ वा परिवारसँगको जमघटमा गर्ने र रमाउने।

तीज पर्व नारीमा मात्रै सिमित छैन। तीज त देशका कयौं कलाकारहरुको रोजगारको महत्वपूर्ण विषय बनेको छ। तीजान कतिपयले गायक–गायिका त कति नायक–नायिकाको भुमिकामा समेत देखिन्छन्। धेरैलाई त तीजले चर्चामा ल्याउँने मौका पनि दिएको छ। यी यस्ता कुराहरुसँगै आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा समेत हो।

पछिल्लो समय तीजका नाममा भित्रिएका बिकृतिहरु भने साच्चिकै सोचनीय बिषष बनेको छ। जहाँ पनि राम्रोकाम गर्नेको आलोचना हुँदैन। राम्रो गर्नेहरुलाई सम्मान गरिन्छ र गर्नु नै गर्छ। तर, समाजमा पौराणिक कालदेखि नै चलिआएको सभ्यतालाई धक्का दिने कार्य गर्नेहरुप्रति भने समाजले पनि सोच्नै पर्ने बेला आएको छ।

खासगरी अहिले तीजका गीत, संगीतहरुमा छाडापन बढी नै देखिन्छ। यसको तत्कालै नियमन गर्न आवश्यक छ। समाजको सभ्यतासँग जोडिएका कुनै पनि संस्कारको विकृति फैलाउने जुनसुकै उच्च अहोदामा किन नहोस्– बजार रामरमिता गर्ने अनुमति दिनुहुदैँन। कलाकारितालाई राष्ट्रय गहना भनेर सम्मान गरिन्छ। तर, राष्ट्रको सभ्यता लाई ठेस लगाउँने काम गर्नेसँग पटक्कै सहमत हुन सकिदैन।

आजभोली आधुनिकताका नाममा छाडा पहिरण गर्ने, पाटी प्यालेसहरुमा खाइने दर र नृत्य वा गीतमा समेत अमर्यादित कार्य गर्नेहरुलाई सरकारी संयन्त्रले समेत वाचडकको भुमिका निभाउनुपर्दछ। तीज मनाउँनुमा आफ्नै महत्व छ। तर, तीजको महत्वलाई समेत नबुझि क्षणिक चर्चाका लागि गरिने कर्म कहिल्यै जीवन्त हुदैँन। तर, देशको तुलनामा भारतको मुम्बईमा हुने तीज भने सभ्य नै देखिन्थ्यो। यसपटक कोरोना महामारीका कारण मुम्बईमा तीज मनाउँन नसकिएपनि विगतका तीज कार्यक्रमहरु भने स्मरणीय नै छन्।

नेपाली परम्परागत साडीचोलो, कुर्तासुरुवाल, पोते, चुरा लगायतका नेपाली गहनाहरुले सजिएका नेपाली चेलीहरु– प्राय मुम्बईका कार्यक्रमहरुमा देखिन्थें। तीजकै लागि भनेर बर्षदिन देखि सजाएर राखेको साडीचोलो र गरगहनाहरु खुलेर लगाउन पाउने भएकाले समेत तीजको महत्व यहाँका प्रवासी नेपाली महिलाहरुको बिशेष बन्ने गरेको सांस्कृतिक कार्यक्रममा सहभागि महिलाहरु बताउथे। तर, यो दृश्य भने यो पटक देख्न नसकिने भइयों।

प्रतिक्रिया दिनुहोस