• २०७७ कार्तिक १३ गते बिहिवार

पूर्व क्रिकेटर तथा यूपीका मन्त्री चेतन चौहानको कोरोना संक्रमणबाट मृत्यु

यूपीका मन्त्री तथा भारतीय क्रिकेट टिमका पूर्व ओपनिङ ब्याट्सम्यान चेतन चौहानको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

७३ वर्षीय चौहानलाई कोरोना संक्रमण भएपछि गत महिना दोस्रो साता अस्पतल भर्ना गरिएको थियो।

शनिबार उनको अवस्था नाजुक भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो भने त्यसको एकदिनपछि नै उनको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस