• २०७८ बैशाख १० गते शुक्रवार

फेसबुकमा फेरि जाग्यो ‘निर्मला पन्तलाई न्याय’ अभियान

सामाजिक सञ्जालमा फेरि जाग्यो ‘निर्मलालाई न्याय’ अभियान

दुई वर्षअघि साउन १९ गते कञ्चनपुरमा बलात्कारपछि मृत भेटिएकी निर्मला पन्तको विषयमा थुप्रै आन्दोलन भए। जुलुस निस्किए। तर, घटना घटेको दुई वर्ष भइसक्दा पनि अहिलेसम्म उक्त घटनाको अनुसन्धान निष्कर्षमा पुगेको छैन। न निर्मलाको परिवारलाई न्याय नै मिलेको छ।  संलग्न को थियो भन्नेबारे कुनै पनि खुलासा भएको छैन।

घटनापछि लामो समयसम्म सरकारसमक्ष आवाज उठेको थियो- निर्मला पन्तको हत्यारा पत्ता लगाउनुपर्‍यो। तर, अहिलेसम्म घटनामा संलग्न अपराधी पक्राउ पर्न सकेका छैनन्।

अहिले फेरि निर्मला पन्तको विषय चर्चामा आएको छ। अहिले भने समाजिक सञजालमार्फत् यो मुद्दा चर्चामा आएको हो। सामाजिक सञ्जालमा नेपाल सरकारको सत्ता पक्षकै नेताहरुसहित विभिन्न सरकारी संस्थाहरुको सामाजिक सञ्जालमा रहेको फेसबुक पेजमा निर्मला पन्तको लागि न्याय भन्ने आवाज उठिररहेको छ।

प्रतिक्रिया दिनुहोस