• २०७७ कार्तिक ९ गते आइतवार

नेपाली संस्कृति परिषदद्वारा श्रीकृष्ण जन्माष्टमीको अनलाइन समारोह सम्पन्न

नेपाली संस्कृति परिषदद्वारा 12 अगस्त 2020 को दिन श्रीकृष्ण जन्माष्टमी पालन गरियो । यस अवसरमा भजन गायन तथा श्री कृष्णा जन्मोत्सव Virtual Online समारोहद्वारा भव्यता साथ आयोजित गरियो। उक्त कार्यक्रममा विगत २६ जुलाई 2020 को दिन आयोजित तृतीय अन्तर्राष्ट्रीय आचार्य भानुभक्त सम्मान समारोह 2020लाई लक्ष्य गरि आयोजित राष्ट्र स्तरिय रामायण र कविता पाठ एवं गीत नृत्य प्रतियोगिताको परिणाम घोषित गरियो।

श्री कृष्णा जन्माटष्मीको उत्सव Virtual Online समारोह जीओ मिट ऐप (स्वदेशी मिटिंग ऐप JioMeet App -आत्म निर्भर भारत) -मा सफल परिक्षण व आयोजन सम्पन्न भयो।

कार्यक्रममा को अध्यक्षता नेपाली संस्कृति परिषद अंतराष्ट्रियका कार्याध्यक्ष श्री अशोक चौरसिया र कार्यक्रम को संचालन श्री डा. खेमचंद्र भूर्तेलज्यूले गर्नु भयो । कार्यक्रम को शुभारम्भ श्री गणेश तथा सरस्वती वंदन ले गरिएको थियो।त्यस पछी श्रीकृष्णा जन्माष्टीका गीतहरु, भजनहरु र संस्कृति श्लोक आदिले मंत्रमुग्ध सबैमा रमाईलो भयेको थियो। कार्यक्रममा श्रीमती अमिया छेत्री(असम),श्रीमती निर्मला न्योपाने(पश्चिम बंगाल), श्री हरिप्रसाद उपध्याय(गुजरात), श्रीमती परमेश्वरी उपाध्याय(गुजरात), सुश्री अर्णवी चौरसिया व श्री खेमचंद्र भूतेल ज्युका तेजस्वी बालक र बालिका ले आ-आफ्नु सुन्दर प्रस्तुति गर्नु भयो ।

कार्यक्रममा नेपाली संस्कृति परिषदका केंद्रिय पदाधिकारीहरु तृतीय भानुजयन्ती 2020 रामायण र कविता पाठ एवं गीत नृत्य प्रतियोगिता का प्रतियोगीहरु र नेपाली समाजका जनमानसको बाक्लो उपस्थिति थियो ।

उक्त कार्यक्रममा विगत जुलाई भानुजयन्ती 2020 रामायण र कविता पाठ एवं गीत नृत्य प्रतियोगिताको परिणाम घोषित गरियो।

यस प्रतियोगितामा विजेताहरूको नाम र स्थान यस प्रकार छनः

रामायण पाठ:

प्रथम : श्रीमति परमेश्वरी उपाध्याय, गुजरात
द्वितीय : श्रीमति अमिया छेत्री,असम/
श्री चुम्बकराज रेग्मी,गुजरात
तृतीय : श्री मोहन नेपाल, सिक्किम

कविता / गीत :

प्रथम : श्रीमती निर्मला न्योपाने ,पश्चिम बंगाल
द्वितीय : श्रीमति दक्षिणा देवी गजुरेल, असम
तृतीय : श्री चुम्बकराज रेग्मी,गुजरात

बाल प्रतियोगता :

प्रथम : सुश्री तेजस्विनी न्योपाने , पश्चिम बंगाल
द्वितीय : श्री सुयश गर्ग,असम /
श्री सुमिरन शर्मा, पश्चिम बंगाल
तृतीय : सुश्री सुलोचना गर्ग, असम

समस्त परस्कार विजेता हरुलाई बधाई र शुभकामना …..

Gepostet von DrKhemchandra Bhurtel am Sonntag, 16. August 2020

 

प्रतिक्रिया दिनुहोस