• २०७७ कार्तिक १४ गते शुक्रवार

मुलुकभर ६४१ कोरोना संक्रमित थपिए, १३४ जना निकाे भएर घर फर्किए

पछिल्लो २४ घन्टामा मुलुकभर थप ६४१ जना कोरोना संक्रमित थपिएका छन्।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफ्रिङमा ६४१ जनामा संक्रमित थपिएका जानकारी दिएका हुन्। याेसहित हालसम्म मुलुकभर संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा १ सय ३४ जना निको भइ घर फर्किएका छन्। याेसहित काेराेना जित्नेहरु १७ हजार ३ सय ३५ जना छन्। देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ छ।

त्यस्तै १ सय ४ जनाको कोरोनाबाट मृत्यु भएको छ। विगत २४ घण्टामा थप दुई जना मृतकमा कोरोना पुष्टि भएको हो। उनीहरु विराटनगर र बाराका हुन्।

विगत २४ घण्टामा १२ हजार २ सय बढीको पिसिआर परीक्षण भएको छ।

हालसम्म ५ लाख १७ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस