• २०७७ कार्तिक १३ गते बिहिवार

गोडधुवा (लघुकथा)

आज आफ्नी एकमात्र नन्दको विवाहको दिन । रमला बिहानै गोडधुवाको सामान खरिद गर्नका लागि बजार जान ठिक्क परि ।
विस्तरामा सुती रहेको लोग्ने सुरेशलाइ घच्गच्याउँदै भनी- “गोडधुवाको सामान किन्न बजार जानु छ । ढिलो भइसक्यो, उठनु न खोइ दुइहजार रूपियाँ दिनु होस त ।”

रातभरी नसुती छ्यांगै बनाएको सुरेश आँखै नखोली अर्कातिर कोल्टे फेर्दै गनगनाउँछ-

“आफु सँग एक रुपियाँ छैन कहाँबाट दिउँ पैसा । जा दोकानबाट बाँकी लिएर आइज ।”
“होइन अस्ती प्रधानका घरबाट पाँचहजार ऋण काडेर ल्याएको पैसा कहाँ गयो नि ।” रमलाले रिसाउँदै भनी ।

‘मम्मी मम्मी हिंजो कसारेका रातभरी ड्याडी त मातेर प्रमिला आन्टीहरू सँग डान्स गर्दै हुनुहुन्थ्यो । पाँच पाँच सयका थुप्रै नोट बाँडदै हुनुहुन्थ्यो । कहाँ छन त ड्याडी सँग पैसा ।‘ रमलाकी पाँच वर्षे छोरीले उत्तर दिइ ।

प्रतिक्रिया दिनुहोस