• २०७७ कार्तिक ११ गते मङ्गलवार

त्रिपूरा विश्वविद्यालयमा उत्तर पूर्वका पहिलो गोर्खा उप-कुलपति बने गंगा प्रसाद प्रसाईं

मणिपुर विश्वविद्यालयका प्राध्यापक गंगा प्रसाद प्रसाईं त्रिपूरा विश्वविद्यालयको उपकुलपतिका रुपमा नियुक्त गरिएको छ।

त्रिपूरा विश्वविद्यालय केन्द्रिय विश्वविद्यालय हो। मणिपुर विश्वविद्यालयमा वाणिज्य विभागको विभाग प्रमुख समेत रहेका गंगा प्रसाद प्रसाईं उपकुलपति पदमा आसीन हुने उत्तर पूर्वका पहिलो गोर्खा भएको नेपाली सांस्कृतिक परिषद् केन्द्रीय समिति मिडिया प्रभारी अशोकसिंह कसाराले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस