• २०७७ कार्तिक ४ गते मङ्गलवार

“चाँडै नै अब हरेक भारतीयसँग कोरोनाविरुद्धको औषाधी हुनेछ”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले कोरोना भाइरसविरुद्ध तीनवटा भ्याक्सिन बनाइरहेको दाबी गरेका छन्।

भारतको ७४औं स्वतन्त्रता दिवसमा लाल किल्लामा भारतीय झन्डा लहराउँदै उनले यस्तो दाबी गरेका हुन्।

उनले भारतका बैज्ञानिकहरु ऋषीमुनीजस्तै भएर भ्याक्सिनका लागि कडा मेहनत र साधना गरिरहेको बताए।

‘हाम्रा बैज्ञानिकहरु ऋषीमुनीजस्तै ज्यान लगाएर भ्याक्सिन बनाउन जुटिरहेका छन्। भारतमा तीन–तीन भ्याक्सिन अहिले प्रयोगको फरक फरक चरणमा छֺ’ प्रधानमन्त्री मोदीले भने ‘चाँडै नै अब हरेक भारतीयसँग कोरोनाविरुद्धको औषाधी हुनेछ। बैज्ञानिकले चाँडै नै त्यो काम सक्नेछन्।’

योसँगै उनले कोरोना संकटलाई भारतले अवसरमा बदलेको दाबी पनि गरे। विश्वमा कोरोना कहरबाट भारत सबैभन्दा धेरै प्रभावित देश हो।

त्यस्तै प्रधानमन्त्री मोदीले भारतमा ‘डिजिटल हेल्थ मिशन’ पनि घोषणा गरेका छन्।

यो मिशनलाई उनले भारतको ‘स्वास्थ्य क्रान्ति’ पनि भनेका छन्।

यसमा हरेक बिरामीले गराएका सबैखालका परीक्षणको विस्तृत रिपोर्ट, कुन डाक्टरले कसलाई कस्तो औषधी दिएको छ, कहिले कुन औषधीको प्रयोग भयो यस्ता सबै रेकर्डहरु सामेल हुनेछन्।

भारतीयका लागि यो एउटा आधारकार्ड जस्तै हो। जसमा व्यक्त्तिको स्वास्थ्यसम्बन्धी सबै जानकारी हुनेछ।

प्रतिक्रिया दिनुहोस