• २०७७ कार्तिक ३ गते सोमवार

दलित समुदाय भित्रका टिकाधारी र लटाधारी दलित मुक्ती र परिवर्तनका बाधक हुन्!

जातीय छुवाछूत मुक्त समाजको निर्माण वर्णाश्रम व्यवस्थाको तल्लो तहबाट शुद्धीकरण हुन अनिवार्य छ।

बाहुन र छेत्रीलाई दोषी भन्न कत्तिको औचित्य हुनुसक्छ? विश्वकर्माहरुले परियार, गन्धर्व र भुलसंँ रोटी–बेटीको सम्बन्ध गर्ने जनचेतना गरोस्। विवाह, बर्तबन्ध र पुजा लगायत कार्यमा दलित पुरोहित बनाउने गरोस्।

छोरी–बुहारी चल्तीचलन युवायुवतीको आरोग्य, शिक्षा र दुबैको स्वीकृतिले गर्ने चलन होस्। दलितसँग दलितले गरेको विहे अन्तरजातीय विहे हुनसक्दैन।

संविधानले यस् विहेलाई अन्तरजातीय विहे हो भने छ भने कुन आधारमा? यतिबेला बाहुनलाई दोष दिनु भन्दानी आफ्नै घरपरिवारलाई खासगरी घरकी गृहणी (पत्नी), छोरा, छोरी, बुहारी, भतिजा, भतिजी, भान्जी, भान्जा लगायत तमाम ईष्टमित्रलाई सम्झाउन होस्।

प्रशिक्षण दिनु होस्। दलितलाई सामाजिक न्याय चाहियो भन्ने अनि दलित भित्र सामाजिक र धार्मिक विभेद कायम गरिरहने? दलित क्रान्ति बाहुन विरुद्ध हैन। ब्राह्मणवादी सत्ता बिरुद्ध हो।

सबै समाजको अस्तित्व बुझ्नपर्छ। सामाजिक न्याय, धार्मिक समानता, परम्परागत संस्कार, रितिरिवाज र मानवता समृद्ध समाजको मेरुदण्ड हो।
विश्वकर्माले सामाजिक समानता खोज्ने अनि दमाई, गन्धर्वसँग भेदभाव गर्ने? यस्तो संकिर्ण मानसिकताको उपचार होस्। चरित्र निर्माण बिना सामाजिक न्याय र राष्ट्र निर्माण गर्छौ भन्न आफैलाई झुट भन्नू हो। दलित समुदाय भित्रका टिकाधारी र लटाधारी दलित मुक्ती र परिवर्तनका बाधक हुन्!

प्रतिक्रिया दिनुहोस