• २०७८ साउन १२ गते मङ्गलवार

छुवाछूतको संकृण सोचलाई जरैदेखि उखेलेर फाल्नु पर्छ!

हाम्रो नेपाली समाजमा नकारात्मक सानो सोच र अन्ध विश्वास को कारण छुवाछूत तथा भेदभावले समाजमा परापुर्ब कालदेखिनै जडा गाडेर बसेको यो एक प्रकार को कुसंस्कार हो।यो हाम्रो समाजमा यदि दलित हरु गुम्सिएर मात्रै बस्ने हो भने हाम्रो अस्तित्वनै न रहने खालको बाताबरण सिर्जना भएको छ पानी छोएकै निहुमा, चिया छोएकै निहुँमा दलितमाथि निर्घात कुटपिट गरिन्छ र प्रेम गरेकै कारण ज्यान मारिन्छ यस्ता यावत समस्याहरु दलितले भोगिरहेका छन।

दलित भएकै कारण गैरदलितहरुले दलित हरुलाई हेपेर कुैपनि किसमको रोजगारीका कार्यहरुमा दलितलाई न्युनरुपमा सङ्लग्न गर्नाले दलितहरू संग कुनैपनि किसमको आर्थिक श्रोत नहुनाले दलितहरुलाई आर्थिक समस्या परेको छ।

आर्थिक समस्याकै कारण दलितहरुले शैक्षिक,भौतिक,स्वास्थ्य समस्या जस्ता बिबिध समस्या भोग्नु परिरहेको छ।दलित भएकै कारण दलित बिद्यार्थीले बस्नको लागि रुम कोठा पनि पाउदैनन् । जस्ले गर्दा दलित बिद्यार्थीहरु राम्रोसँग शिक्षा ग्रहण गर्न सक्दैनन् र झन बढि समस्या निम्तिन्छ। दलित भएकेै कारणले दलितहरुले शाररिक यातना जस्ता समस्या भोगिराछन्।जहाँ पानी, चिया छोएकै निहुमा दलित माथि मरणासन्न गरेर शाररिक यातना दिइन्छ अनि गैरदलितको केटिसंग प्रेम गरेकै कारण दलितहरूको ज्यानै लिइन्छ।

यस्ले दलितहरुलाई मानसिक समस्या पनि दिइरहेको छ। दलितहरुलाई कुकुरको भन्दा तल्लो स्थानको व्यवहार गरिन्छ जहा तहि दलित भएकै कारण हप्ने गर्छन् तेसैले दलित हरुले मानसिक समस्या पनि भोगिरहरका छन्। आज यस्तो समाजमा जिइरहेका छौ जहाँ दलितको कुनै मुल्यांकन नै छैन दलित बिद्यार्थीहरु पढाईको लागि सहर पस्छन तर तेता दलित भएकै कारण कोठा नपाएर शिक्षाबाट बन्चित हुन्छन् र कोठा पाएपनि विभिन्न बन्नदेज लगाएर कठघरामा राखिन्छ।यस्तै यावत समस्याहरु दलित हरुले भोगिरहेका छन्।

जातिय बिभेदलाई सबैको साझा मुद्दाको रुपमा किन लिदैनन् ? हामिसंगै बसेर सार्बजनिक स्थानहरुमा खानाखाने हामिसबै एउटैहौ भन्ने नेताहरू, शिक्षक सरहरु, साथीहरू, तथा अन्य ब्यक्तिहरु आफ्नो घर-टोलमा किन आफै छुवाछूत भेदभाव किन गर्छन? ती ब्यक्तिहरुको त्यो सोच/बिचार किन हराऊछ ? यो हाम्रो मस्तिष्कमा बाँस गरिरहेको संकृण सोचको ऊपज हो। झन यहाँ हाम्रो समाजमा अशिक्षित मानिसहरु भन्दा बढि राजनितिज्ञ, शिक्षक, तथा अन्य शिक्षित मानिसहरुले भेदभाव गरेको पाईन्छ।

यसरी हामिहरु शिक्षित ब्यक्ति हरुबाटनै यस्ता कार्यहरु गरिन्छ भने दलितहरू कति पिल्चिने ? हामिहरुले हाम्रो मस्तिष्क भित्र रहेको यो छुवाछूतको संकृण सोचलाई जरैदेखि उखेलेर फाल्नु पर्छ।

हाम्रो देश नेपाल मा समाज परिवर्तन र सबै क्षेत्रमा सबै को समान पहुँचको लागि, सकारात्मक साेच सङ्गै समाजमा बिद्यमान रुढिवादि परम्परा लाई हटाउदै जाने र राम्रा कार्यहरुको समर्थन र नराम्रा कार्यको खबरदारि गरि सबैसङ्ग हातेमालो गरि आगाडि बढ्ने र समाजमा भैपरि आउने समस्या सङ्ग जुध्नका लागि एक सामर्थ्यको उजाहगर गर्ने र पिडित हरुको आवाज बुलन्द पारि न्यायको पक्षमा पहल चाल्नको लागि सबै एकजुट भएर समाज परिवर्तन गर्न चाहने साथीहरू सबैमिलेर समाज परिवर्तनको अभियानलाई सहयोग गर्दै अगाडी बढनु आजको आवश्यकता हो।

धुर्ब किरण भुल सिभिल इन्जिनियरिङ बिद्यार्थी भिमदत्त पोलिटेक्निकल इन्षिच्युट पाटन, बैतडी

प्रतिक्रिया दिनुहोस