• २०७७ कार्तिक १२ गते बुधवार

नागा आन्दोलनः “ग्रेटर नागाल्याण्ड” संघर्षको फराकिलो कथा!

भारतको पूर्वोत्तरको बिद्रोही राज्य नागाल्याण्ड, विगत २३ वर्षदेखि शान्ति प्रक्रियाको अन्तिम चरणमा छ। सन् १९४७ मा भारत स्वतन्त्रत भएदेखि बृहत नागा राज्यको माग गर्दै आन्दोलित थियो।

अहिले पनि अधिकांश नागाहरु आफूलाई भारतीय मान्दैनन्। बिद्रोहीका रुपमा चिनिने यी जातिहरु अरुणाचल, असम, मणिपुरदेखि छिमेकी म्यान्मारको सीमासम्म छरिएका छन्।

अरुणाचल, मणिपुर र अमसको पहाडी क्षेत्रमा बसोबास गर्ने नागाको सांस्कृतिक सम्बन्ध म्यान्मारका जनजातिसँग मिल्दोजुल्दो छ। नागा बाहुल्य क्षेत्रलाई सन् १९६३ मा भारतले १६ राज्यको रुपमा घोषणा गरेको थियो। त्यसयता यी जातिहरु स्वतन्त्र राज्यको माग गर्दै आन्दोलित छन्।

नागाबासीहरु बसोबास गर्ने क्षेत्र अंग्रेज शासन भन्दाअघि स्वतन्त्र थियो। अंग्रेजकै पालामा नागा जनजातिको नाम जोडेर नागाल्याण्ड बनाइएको इतिहासकार बताउँछन्।

अंग्रेज शासनबाट भारत स्वतन्त्र भएपछि नागाल्याण्ड राज्यले पनि आफू स्वतन्त्र भएको घोषित गरेको थियो। यस राज्यमा केन्द्र सरकारविरुद्ध बिद्रोह अहिलेसम्म जारी छ। सन् १९४७ मा भारत स्वतन्त्रत हुँदा नागाहरु असमको एउटा भागमा बस्थें।

राज्यमा ११ प्रशासनिक जिल्ला छन्। नागाल्याण्डमा १६ जनजातिको बाक्लो बसोबास छ। भाषा, कला र संस्कृतिका हिसाबले यी जनजाति भिन्नै छन्। नागाको परम्परागत पहिरन बिल्कुलै फरक र कलात्मक छ।

राज्यका प्रायः मानिस कृषिमा निर्भर छन्। नागल्याण्डका अन्य थ्रुपै चिनारी हुदाँहुँदै नागा बिद्रोही यहाँको मुख्य चिनारी बन्न पुगेका छ।

भारतको पूर्वोत्तर क्षेत्रमा पछिल्लो समय हिंसात्मक आन्दोलन रोकिएपनि नागाले स्वतन्त्र नागाल्याण्डको माग छाँडेका छैनन्। नागाहरुको रुप उग्र बन्दै जाँदा, सन् १९५७ मा भारतको केन्द्रीय सरकार र नागा समूहबीच शान्ति स्थापनका लागि सहमति भएको थियो।

दुई पक्षीय सम्झौतापछि असम र मणिपुर राज्यको पहाडी क्षेत्रमा बसोबास गर्ने नागा पनि एकजुट भएका थिए। उनीहरुले नागाल्याण्डमार्फत नागा सम्मेलनको आयोजना पनि गरेका थिए।

सम्मेलनले नागाहरु बसोबास गर्ने क्षेत्रलाई भारतको छुट्टै एक हिस्सा बनाउने निर्णय गरेसँगै असम र मणिपुरमा बसोबास गर्ने अन्य जातिहरु त्रसित बनेका थिए। यसमा गोर्खाली पनि रहेका छन्।

नागाल्याण्डसँगै अरुणाचल, असम र मणिपुरको पहाडी क्षेत्रमा बसोबास गर्ने गोर्खा (नेपाली) जातिहरुको संख्या यतिबेला घट्दो मात्रामा छ।

नागाहरुको एकता र भविस्यमा नागाल्याण्ड, अरुणाचल, मणिपुर र असमको पहाडी क्षेत्र जोडेर छुट्टै राज्य बन्न सक्ने सम्भावनाले गोर्खालीहरु विस्तारै यस क्षेत्रबाट पलायन हुने क्रम बढ्दो छ।

सन् १९६३ मा नागाल्याण्डले राज्यको दर्जा पाएपछि अर्को वर्ष पहिलो निर्वाचन सम्पन्न भएको थियो। तर, नागाल्याण्डको बिद्रोही गतिविधिलाई राज्यले रोक्न सकेन।

सन् १९८० मा समाजवादी काउन्सिल नागाल्याण्ड नामक सबैभन्दा ठूलो आन्दोलित समूह बनेको थियो। यसैमार्फत केन्द्र सरकारबिरुद्ध गतिबिधि तीब्र बनेको थियो।

यस क्षेत्रको बिद्रोहले केन्द्र सरकार हैरान बनेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा सन् २०१५ मा नागाल्याण्डको बिद्रोही समूह र केन्द्र सरकारबीच एउटा रूपरेखामा हस्ताक्षर भएपछि शान्ति स्थापना हुने अनुमान गरिएको थियो। तर, अहिले सम्झौतामा आंशका गर्न थालिएको छ।

ग्रेटर नागाल्याण्डको वार्ता अन्तिम चरणमा पुग्दा– असम, मणिपुर र अरुणाचलमा भने त्रास फैलिएको छ। सुरुदेखि नै असम, मणिपुर र अरुणाचल राज्यका नागा बाहुल्य क्षेत्रहरू गाभेर नागालिम अर्थात् ग्रेटर नागाल्याण्डको माग भइरहेको छ।

नागा समूहसँग केन्द्र सरकारको वार्ता हुने सम्भावना भने निकै कम रहेको कतिपयको बुझाइ छ। ग्रेटर नागाल्याण्डसँगै नागा संगठनहरूले अझै पनि राज्यमा छुट्टै संविधान र झण्डाको माग त्यागेका छैनन्।

प्रतिक्रिया दिनुहोस