नेपालमा कोरोना संक्रमण दर बढेसँगै दिनहुँ मृतकको संख्या पनि बढ्दो छ।
पछिल्लो २४ घन्टामा मात्रै नेपालमा १० संक्रमितले ज्यान गुमाएका छन्।
ज्यान गुमाउनलेमा काठमाडौं र धादिङका १/१, धनुषाका २, सप्तरी, मोरङ, कपिलवस्तु, बारा, विराटनगर र वीरगन्जमा १/१ गरी जम्मा १० जनाको मृत्यु भएको छ। यो एकै दिन मृत्यु भएको धेरै संख्या हो।
आज थपिएकासँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९३ पुगेको छ।
तर, स्वास्थ्य मन्त्रालयलको दिउँसो ४ बजेसम्मको तथ्यांकमा नेपालमा कुल मृत्यु संख्या ९१ मात्र रहेको जनाएको थियो। साँझ मृत्यु हुनेमा विराटनगर र वीरगन्जमा एक/एक जना थपिएका हुन्।
बुधबार बेलुकीसम्मको तथ्यांकलाई हेर्दा सबैभन्दा बढी प्रदेश २ मा संक्रमणबाट मृत्यु भएको छ। प्रदेश २ मा संक्रमणबाट ३७ जनाको ज्यान गइसकेको छ।
बागमती प्रदेशमा १७ जना, प्रदेश ५ मा १२ जना, प्रदेश १ मा ८ जना, सुदूरपश्चिम प्रदेशमा ७ जनाको मृत्यु भएको छ।
त्यसैगरी, गण्डकी प्रदेशमा ६ र कर्णालीमा ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ।
संक्रमणबाट मृत्यु हुनेमा ४९ दिनको शिशुदेखि ८५ वर्ष उमेर समूहका छन्।
उमेर अनुसार हेर्ने हो ५० वर्षभन्दामाथि उमेर पुगेकाहरूको मृत्युदर बढी छ।
मृत्यु हुनेमा अधिकांश निमोनिया, मधुमेह र मुटुका बिरामी रहेको तथ्याङ्कले देखाएको छ।
जिल्लागत रुपमा हेर्ने हो भने सबैभन्दा बढी पर्सा जिल्लामा मृत्यु भएका छन्। पर्सामा मात्र १८ जनाको संक्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७