• २०७७ कार्तिक १२ गते बुधवार

गोंगबु हत्याकाण्डका अभियुक्त्त सार्वजनिक

काठमाडौँको गोंगबुस्थित गणेशस्थानमा रोल्पाका कृष्णबहादुर बोहराको हत्या गरेर फालेको आरोपमा पक्राउ परेकी  कल्पना मुडभरी पौडेललाई प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीले उनलाई सोमबार पूर्वीचितवनको रत्ननगरस्थित माधवपुरबाट पक्राउ गरेको हो। प्रहरीले उनीसँगै एक १५ वर्षीया बालिका पनि पक्राउ गरेकाे छ।

गोंगबुमा आइतबार बिहान बोहराको शरीरको मुख्य भाग सुटकेसमा तथा टाउको र खुट्टा जेब्रा झोलामा फेला परेको थियो।

मृतक बोहराको शवको सनाखत गरेपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै चितवनतर्फ केन्द्रित भएको थियो। रोल्पा रुम्टीगढी–७का ४६ वर्षीय बोहरा गोंगबुस्थित एक होटेलमा बस्दै आएका थिए।

गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रा तल्लामा हत्या गरेर बोहराको शवलाई ५० मिटर पर सडकमा फालिएको थियो।

प्रतिक्रिया दिनुहोस