• २०७७ कार्तिक ४ गते मङ्गलवार

पाकिस्तानको चमन शहरमा शक्तिशाली विस्फोटः ५ जनाको मृत्यु, कम्तीमा १० घाइते

पाकिस्तानको चमन शहरमा शक्तिशाली विस्फोट भएको छ। चमन शहरमा निर्माणाधीन भवन नजिक भएको विस्फोटनमा ५ जनाले ज्यान गुमाएका छन्। उक्त विस्फोटनबाट कम्तीमा १० जना घाइते भएको अधिकारीहरुले जनाएका छन्।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको स्थानीय संचारमाध्यमले जनाएका छन्। घाइतेहरुलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको छ।

स्थानीय प्रहरीका अनुसार शहरको माल रोड क्षेत्रमा मोटरसाइकलमा आएका ब्यक्तीहरुले विस्फोट गराएको बताइएको छ। विस्फोटको जिम्मेवारी अहिलेसम्म कुनै समूह वा व्यत्तिहरुmले लिएको छैन।

घटनापछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले चमन विस्फोटको कडा शब्दमा निन्दा गरेका छन्। चमन शहर अफगानिस्तानसँग जोडिएको क्षेत्र हो।

प्रतिक्रिया दिनुहोस