• २०७७ कार्तिक १३ गते बिहिवार

भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरसको संक्रमण भएको छ। कोरोना जाँच रिपोर्ट सकारात्मक आएको पूर्वराष्ट्रपति मुखर्जीले ट्वीटमार्फत जानकारी दिएका छन्।

मुखर्जीले ट्वीटमार्फत आफुसँग सम्पर्कमा आएका सबैलाई कोरोना जाँच गर्न र सुरक्षित रहन आग्रह समेत गरेका छन्। यसअघि भारतका केन्द्रीय गृहमन्त्री अमित शाह, पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधान, जलस्रोत मन्त्री अर्जुन मेघवाल पनि कोरोनाबाट संक्रमित भएर अस्पतालमा उपचाररत छन्।

यस्तै केन्द्रीय मन्त्री अर्जुनराम मेघवाल शनिबार मात्रै कोरोना भाइरसबाट संक्रमित भएका छन्। उनलाई दिल्लीको एम्सको ट्रामा सेन्टरमा भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस