• २०७७ कार्तिक ९ गते आइतवार

महिन्दा राजपाक्ष बने श्रीलंकाको चौथोपटक प्रधानमन्त्री

श्रीलंका पिपुल्स पार्टीका नेता महिन्द्रा राजपाक्ष चौथोपटक श्रीलंकाको प्रधानमन्त्री बनेका छन्। राजधानी कोलम्बोमा आइतवार नेता राजपाक्षले ऐतिहासिक बौद्ध गुम्बा राजमहा बिहारमा प्रधानमन्त्री पदको शपथ लिएका हुन्।

७४ वर्षे महिन्द्रालाई तीन वर्ष कम उमेरका भाई तथा राष्ट्रपति गोटाभाया राजपाक्षले शपथ ग्रहण गराएका हुन्। महिन्दा आफैं पनि कुनै समय राष्ट्रपति भइसकेका ब्यक्ति हुन्।

५ अगस्टमा सम्पन्न निर्वाचनमा राजपाक्षको पार्टी श्रीलंका पिपुल्स पार्टीले २२५ मध्य १४५ सिटमा जित हासिल गरेको छ। ती मध्य उनी सर्मथक पार्टीले ५ सिट जिते। यसपटको निर्वाचनमा महिन्दाले करिब ५ लाखभन्दा बढी मतले चुनाव जितेका छन्। यो श्रीलंकाको चुनावमा ऐतिहासिक जित हो।

महिन्दाले निर्वाचन अघि बाचा गरे झैँ प्रधानमन्त्रीको शपथ बौद्ध गुम्बा राजमहा बिहारमा लिएका छन्। श्रीलंकामा ७० प्रतिशत नागरिकले बौद्ध धर्ममा आंस्था राख्ने गरेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस