• २०७७ कार्तिक ९ गते आइतवार

नाकाबन्दीका योजनाकार जयशंकरले भने,- ‘गौतम बुद्ध भारतीय हुन्’

भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतीय भएको दावी गरेका छन्। नेपालमा २०७२ सालमा भएको नाकाबन्दीका योजनाकार समेत मानिने एसले एक भर्चुअल सम्मेलनका क्रममा गौतम बुद्ध भारतीय भएको दावी गरेका हुन्।

संसारले बुद्धलाई भारतीय भनेर चिन्ने गरेको उनले बताए। उनले भने, ‘हामीले महान भारतीय भनेर चिन्ने गौतम बुद्ध र महात्मा गान्धीलाई हो । हामीले मात्र होइन यी दुईलाई विश्वले नै महान भारतीयका रुपमा चिन्छ।’

भारतले पटक पटक गौतम बुद्धको जन्मस्थल लुम्बिनी भारतमा पर्ने दावी गर्दै आएको छ। त्यो दावीलाई पुष्टि गर्न भारतले नक्कली कपिलबस्तुसमेत बनाएको छ।

प्रतिक्रिया दिनुहोस